चितवन जिल्ला अदालत वार एशोशिएसनद्वारा बधाई तथा सम्मान कार्यक्रम

Spread the love

आज मिति २०७९ असार २१ गते मङलवारका दिन चितवन जिल्ला अदालत वार एशोशिएसनद्वारा आफ्नै सभाहलमा नेपाल वारका केन्द्रिय अध्यक्ष वरिष्ठ अधिबक्ता गोपालकृष्ण घिमिरे तथा नेपाल वारका केन्द्रिय सचिब निर्भय राज पौडेल ज्यू लाई स्वागत तथा सम्मान कार्यक्रम सम्पन्न भयो । कार्यक्रम सन्चालन चि. जि. वार का सचिब अधिवक्ता श्री बिनोद मिश्रले गर्नुभएको थियो भने अध्यक्षता चितवन वारका अध्यक्ष अधिबक्ता श्री रामकृष्ण अधिकारीले गर्नुभएको थियो । स्वगत मन्तब्य चितवन वारकै सह – सचिब अधिबक्ता श्री शोभा भट्टराई, मन्तव्य स्वागत तथा मन्तव्य निबर्तमान चि. जि. अ. वार निवर्तमान अध्यक्ष अधिबक्ता श्री कमल पाठक, मन्तव्य – बरिस्ठ अधिबक्ता श्री भुपेन्द्रजङ्ग पौडेल, मन्तव्य अतिथि नेपाल वार एशोसिएसनका केन्द्रीय सचिब निर्भय राज पौडेल मुख्य अतिथि नेपाल वार एशोसिएसनका केन्द्रिय अध्यक्ष बरिस्ठ अधिबक्ता श्री गोपालकृष्ण घिमिरे मुख्य अतिथि तथा अतिथि र बक्ताहरूबाट वार र बेन्चको न्यायसङ्ग सम्बन्धित तथा आपसी कामकारबाहीमा सुदृढीकरण, कानून ब्यबसायीहरूको आचारसंहिता तथा करको दायराका सबन्धमा,वार आन्दोलनको औचित्य सम्बन्धमा, कानून ब्यबसायी र न्यायालयका बिच सुमधुर सम्बन्ध हुनुपर्ने, स्वच्छ, निश्पक्षबाट न्याय सम्पादन हुनुपर्नेमा जोड दिनुभएको थियो । यस कार्यक्रमको बारेमा जानाकारी चितवन जिल्ला वारका सदस्य अभिबक्ता श्री पूर्ण चन्द्र चापागाईंले दिनुभएको थियो । केन्द्रिय वारको चुनावी दौरान पछि केन्द्रिय पदाधिकारीहरूलाई स्वागत, सम्मान, बधाई तथा शुभकामना दिनुपर्नेमा समय ब्यस्तताका कारण उक्त कार्यक्रम सम्पन्न गर्न समय मिलेकोले आज नै उक्त कार्यक्रम राखिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *