नेपाल राहत शिक्षक समिति चितवनकाे जिल्ला सभा सम्पन्न

Spread the love

पाैष २६

सबिना प्रजा

नेपाल राहत शिक्षक समिति जिल्ला शाखा चितवनले चितवन जिल्लभरिका सातै पालिकाका राहत शिक्षक समितिका सम्पुर्ण पदाधिकारी सहितको जिल्लस्तरिय बृहत् जिल्ला सभा आज सम्पन्न गरेको छ ।

कार्यक्रममा आफ्नो मन्तव्य दिदै जिल्ला सल्लाहकार संयोजक शिव प्रसाद लम्सालले आगामी दिनमा सम्पुर्ण राहत शिक्षकमा एकरुपता भएरै अगाडि बढ्नु पर्ने कुरामा जोड दिनुभयो।

मन्तव्यकै क्रममा जिल्ला सल्लाहकार सदस्य सागर घिमिरेले अब सबै राहत शिक्षक एउटै ढिक्का हुनुको अन्य बिकल्प नरहेको बताउनुभयो। कार्यक्रममा सम्पुर्ण पालिका अध्यक्षहरुले आफ्नो मन्तव्य राख्दै आफ्नो आफ्नो पालिकामा भोग्नुपरेको समस्या र वर्तमान अवस्थाबारे जानकारी गराउदै आगामी दिनमा चितवन जिल्ला समितिले सबैलाइ चित्त बुझाएर मात्रै हरेक कार्य गर्न आग्रह गर्नुभएको थियो ।

कार्यक्रममा केन्द्रिय सदस्य नवीन प्रकाश पन्डित , प्रभाखर दवाडी ,राधा अधिकारी ले आफ्नो मन्तव्य राख्दै आगामी दिनमा एक ढिक्का भएर कसैसँग पनि आफ्नो न्यायका लागि बिचलित नभई लड्नुपर्ने कुरामा जोड दिदै जस्तो सुकै अवस्थामा पनि आफुहरु साथिहरुकै साथमा रहि अगाडि बड्ने प्रतिवद्दता व्यक्त गर्नुभयो ।

प्रदेश सचिव देव बहादुर गुरुङले जस्तो सुकै अप्ठेरो परिस्थितिमा पनि राहत एक हुन सकेमा भोलिका दिनमा आफ्नो पेशागत हक अधिकार सुनिश्चितताका लागि लड्न सकिने बताउनुभयो।

कार्यक्रममा प्रदेश सदस्य मोतिराम पाठक, जिल्ला उपाध्यक्ष ज्योती अधिकारी,दुर्गा पुरी, सहसचिव शारदा अधिकारी पौडेल, कोषाध्यक्ष गिता हमालको उपस्थिती रहेको थियो।

कार्यक्रम नेपाल राहत शिक्षक समिती चितवनका सचिव बुद्धिराम काफ्ले ले सन्चालन गर्नुभएको थियो भने नेपाल राहत शिक्षक समिती चितवनका अध्यक्ष श्यामप्रसाद काफ्लेको अध्यक्षतामा सम्पन्न भएको थियो ।