सरकारले कोभिडविरुद्धको १ करोड ५० लाख मात्रा खोप खरिद प्रक्रिया अघि बढायो

Spread the love

-देवराज थपलिया

काठमाडौं । सरकारले कोभिडविरुद्धको १ करोड ५० लाख मात्रा खोप सहुलियत दरमा खरिद प्रक्रिया अघि बढाएको छ । सरकारले जोन्सन एन्ड जोन्सनबाट ५० लाख, मोर्डनाबाट ४० लाख, फाइजरबाट ४० लाख र एस्ट्राजेनेकाबाट २० लाख मात्रा गरी कुल १ करोड ५० लाख खोप खरिद गर्ने प्रक्रिया अघि बढाएको हो ।

भारतबाट कोभिसिल्ड अनुदानमा ११ लाख र १० लाख मात्रा खरिदबाट, चीनबाट भेरोसेलको १८ लाख मात्रा अनुदान र ८ लाख मात्रा खरिदबाट र कोभ्याक्स सुविधामार्फत अमेरिकाको जोन्सन एन्ड जोन्सन खोप १५ लाख मात्रा नेपालमा आइसकेको र हालसम्म २६ लाख नागरिकले एक मात्रा र १० लाखले दोस्रो मात्रा समेत लगाइ सकेकाछन् । जापानले थप १६ लाख मात्रा एस्ट्राजेनेका खोप कोभ्याक्स सुविधामार्फत पठाउने निर्णय गरेको पनि सरकारले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *