श्री नव जागृती सामूदायिक वन उपभोक्ता समितिबाट कौसी खेती एवं करेसाबारी तरकारी २ दिने तालीम
श्री नव जागृती सामूदायिक वन उपभोक्ता समिबाट कौसी खेती एवं करेसाबारी तरकारी तालीम २ दिने (असार १८ र १९ गते) कार्यक्रम भरतपुर -११ भोजाड चितवन । मुख्य प्रशिक्षक # डा. बिष्णु बिलास अधिकारी सहायक प्रशिक्षक कृषि ज्ञान केन्द्रबाट श्वस्तिका चौहान ( बागबानी बिज्ञ) कार्यक्रम सम्योजक तथा कार्यक्रम सभापति मैया नेपाली ( कार्यसमिति सदस्य ) स्वागत भाशण प्रकाश देवकोटा ( कार्यसमिति सदस्य ) अतिथि कार्यसमिति कोशाध्य्क्ष इश्वरी आचार्य सचीव बिष्णु कुमारी शर्मा, कानुनी सल्लाहकार अभिवक्ता श्री पूर्ण चन्द्र चापागाईं, कार्यालय सचिब श्री कृष्ण पोख्रेल लगायत कार्यालय कर्मचारीहरू र सहभागीहरू ३० जना रहेको छ/थियो आज मिति २०८९ असार १८ गते उद्घाटन, चियापान , तालीमशत्र (सैद्धान्तिक तथा ब्यबहारिक ज्ञान) भरतपुर महानगर खेतिको अवस्था र महत्व, हिउदे एवं बर्से तरकारी बालीको गुणस्तरीय बीउ, जमिनको तयारी नर्सरी तथा नर्सरी ब्यबस्थापन, माटोको उपचार, करेसाबारीम मलखाद ब्यबस्थापन , सिंचाइ, झारपात नियन्त्रण, थाक्रा दिने टिपाई, भण्डारण, र बजारीकरण, माटोको उपचार बिउको उपचार ( नुनपानी बिशादी) गुम्मोज बनाउने छपो दिने झोलमल बनाउने ब्यबहारिक कक्षा को ज्ञान् दिइएको थियो भने असार १९ गते तरकारी बालीमा लाग्ने मुख्य रोग तथापि किराहरू तिनको नियन्त्रण विधि, कौसी खेतीको लागि मिक्सर बनाउने, रोपाइँ , मलखाद, झारपात ब्यबस्थापन , सिंचाइ, टिप्ने , भण्डारण , र बजारिकरण तरकारीबालीमा बिशादीको प्रयोगको समस्या र समाधानका उपायहरु, करेशाबरीको लागि कम्पोस्ट मल बनाउने र जिबाणु मलको प्रयोग गर्ने तरिका भ्रमण # हाइटेक कृषि बिकास अनुसन्धान तथा तालिम केन्द्र ( ब्यबहारिक कक्षा ) र तालीम कार्यक्रमको समापन एवं प्रमाणपत्र बितरण कार्यक्रम यसरी दुई दिने तालीम कार्यक्रम समापन हुनेछ भनी कार्यसमितिका कानुनी सल्लाहकार श्री पूर्ण चन्द्र चापागाईंले जानकारी गराउनु भएको हो । यस्ता कार्यक्रमले समाजमा ब्यबहारिक ज्ञान दिनुको साथै स्वस्थ्य जीवन जिउने कलाको पनि बिकास गराउछ । यो कार्यक्रममा भरतपुर -११ का सबै टोलबाट सहभागिताको लागि आह्वान गरिएको थियो । यस तालिम कार्यक्रमम सहाभागीलाई श्रोत ब्यक्तिको रुपमा प्रयोग गरि प्रत्येक टोलमा ब्यबहारिक शिक्षा दिने समेतको योजना रहेको छ ।