मानव अधिकार तथा शान्ति समाज चितवन शाखाले विभिन्न कार्यक्रम सम्पन्न
१२, आषाढ २०७९
चितवन, १२ असार
मानव अधिकारको क्षेत्रमा सक्रिय मानव अधिकार तथा शान्ति समाज चितवन शाखाले लागू औषध दुब्र्यसन बिरुद्धको अन्तराष्ट्रिय दिवस मनाएको छ । दिवसको अवसरमा मानव अधिकार तथा शान्ति समाज चितवन शाखाले
लागू औषध विरुद्ध सचेतता मुलुक प्रचा बितरण गर्दै चितवन मा बि -भरतपुर, पोलर स्टार ईंग्लिश स्कुल – गौरीगन्ज, पारिजात ईंग्लिश स्कुल – चोकबजार, कैलाशनगर मा बी राष्ट्रिय- कैलाशनगर, श्री तोरीखेत मा. बि. – तोरीखेत, ज्ञानदर्शन आबासिय मा. बि.- भोजाड मा कार्यक्रम सम्पन्न भएको छ। मानव अधिकार तथा शान्ति समाज चितवन शाखाका सभापति शम्भु राउत, सचिब दयानिधी अर्याल, पुर्ब केन्द्रिय सचीव बिश्व बास्तोला, कार्यसमिति सदस्य पूर्ण चन्द्र चापागाईं, तारा पौडेलले लागूऔषधले समाज र मानव स्वास्थ्यमा पर्ने असर एवं मानव अधिकारको विषयमा जानकारी गराउनु भएको थियो ।
मानव अधिकार शान्ति समाज केन्द्रिय कार्यालयबाट केन्द्रिय सभापति गोबिन्द खनालद्वारा २६ जुन अर्थात १२ गते असार पर्न गएको लागू औषध तथा दुर्ब्यसन बिरुद्धको दिवासमा शान्ति समाजले यससङ्ग सम्बन्धित रहेर अभियान चलाउने भन्ने परिपत्र गरे अनुसार शान्ति समाजका जिल्ला शाखाहरू चितवन, काठमाडौ, पाल्पा, रुपन्देही, नवलपरासी, तेह्रथुम लगायतका देशभरका जिल्लाहरूमा अभियान चलाइएको छ ।