बिरालाे पाल्नु भएकाे छ हाेसियार
बिरालो पाल्नुभएको छ ? खबरदार ! तपाइँलाई यस्तो गम्भीर रोग लाग्नसक्छ
बिरालो युगौँदेखि मानिसको जनावर साथीको रुपमा रहँदै आएको छ । विश्वका दशौँ लाख मानिसहरु बिरालोसँगै हुर्किन्छन् र बिरालोलाई परिवारकै सदस्यलाई जस्तै माया र सम्मान दिन्छन् ।
तर वैज्ञानिकहरुले गरेको पछिल्लो अध्ययनले भने बिरालो पाल्नु मानिसक स्वास्थ्यका लागि हानिकारक हुने देखाएको छ ।
बिरालोलाई बच्चालाई जस्तै माया गरेर घरमा पाल्नाले मानिसक स्वास्थ्य समस्या विकाश हुने जोखिम रहेको प्रमाण प्राप्त भएको शोधकर्ताहरुले पत्ता लगाएका छन् ।
वैज्ञानिकहरुका अनुसार बिरालोमा हुने परजिवीले मानिसमा संक्रमण गर्ने र सोही कारण मानिसमा सिजोफ्रनिया भन्ने मानसिक रोग सिर्जना हुने जोखिम रहन्छ ।
बच्चामा घरमा पालिएको बिरालोसँगै हुर्किएका बालबालिकाहरुमा पछि वयस्क अवस्थामा सिजोफ्रनिया रोग देखिने शोधकर्ता बताउँछन् । सिजोफ्रेनिया निकै गम्भीर मानसिक बिमारी हो ।
शोधकर्ताहरुले सन् १९८२ मा विभिन्न परिवारलाई शोधिएका प्रश्नावलीबाट प्राप्त जवाफको हालै विश्लेषण गरेर यस्तो निष्कर्षमा पुगेका हुन् । त्यसक्रममा २ हजार १२५ परिवारलाई प्रश्न सोधिएको थियो । त्यस क्रममा सिजोफ्रेनिया रोग देखिएका मध्ये ५०.६ प्रतिशत रोगीको घरमा रोगीको बाल्यकालमा बिरालो पालिएको पाइएको छ ।
सिजोफ्रनिया रिसर्च जर्नलमा छापिएको शोध अनुसार बिरालोमा पाइने टोक्सोप्लाज्मा गोन्डी नामक परजिवी मानिसमा सरेपछि त्यसले संक्रमित मानिसमा मानसिक समस्या सिर्जना गर्दछ । यो परजिवी बिरालोको दिसामा पाइन्छ र मानिसले बिरालोको दिसा छोएमा उक्त परजिवी मानिसमा सर्दछ ।
अमेरिकाको स्टेन्ली मेडिकल रिसर्च इन्स्टिच्युट तथा स्टेन्ली ल्याबोरेटरी अफ डेभलपमेन्टल न्युरोभाइरोलोजीका शोधकर्ताले गरेको पछिल्लो अध्ययनबाट प्राप्त नतिजा यसअघि अमेरिकाको नेसनल इन्स्टिच्युट अफ मेन्टल इलनेसका शोधकर्ताहरुले गरेका विभिन्न दुइवटा अध्ययनको नतिजासँग मेल खाएको बताइएको छ । सन् १९९० को दशकमा गरिएका ती दुइवटा अध्ययनका क्रममा पनि सिजोफ्रनिया रोग र बिरालो पालन बीचको सहसम्बन्ध ५०.९ र ५१.९ प्रतिशत पाइएको थियो ।
शोधकर्ताहरुका अनुसार टोक्सोप्लाज्मा गोन्डी परजिवी मानिसको सरीरमा प्रवेश गरेसँगै रगतको माध्यमबाट मस्तिष्कसम्म पुग्दछ । अनि मस्तिष्कमा सुक्ष्म सिस्ट अर्थात् फुल बनाउँछ । बाल्यवस्थामा मस्तिष्कमा बनेको उक्त सिस्ट मानिस किशोरावस्थामा पुगेसँगै सक्रिय बन्दछ, अनि मानिसमा मानसिक समस्या देखा पर्न थाल्छ । शोधकर्ताहरुका अनुसार उक्त परजिवीले स्नायुप्रणालीको न्युरोट्रान्समिटर अर्थात् स्नायुमार्फत चेतना प्रवाह गर्ने तत्व असर पूराउँदछ ।
शोधकर्ताहरुले यो परजिवीले मानिसमा मानिसक रोग सिर्जना गर्नुका अलावा अन्य विभिन्न जटिल समस्याहरु पनि सिर्जना गर्ने बताएका छन् । यो परजिवीका कारण महिलामा गर्भपतन हुने, भ्रुणको विकाशमा असन्तुलन हुने, रुघाखोकी जस्ता समस्या देखा पर्ने तथा अन्धोपना र मानिसको मृत्युसम्म निम्त्याउन सक्ने बताइएको छ ।
शोधकर्ताहरुले बिरालोबाट टोक्सोप्लाज्मा गोन्डी परजिवी मानिसको सरीरमा प्रवेश गरेसँगै रगतको माध्यमबाट मस्तिष्कसम्म पुग्दछ । अनि मस्तिष्कमा सुक्ष्म सिस्ट अर्थात् फुल बनाउँछ । बाल्यवस्थामा मस्तिष्कमा बनेको उक्त सिस्ट मानिस किशोरावस्थामा पुगेसँगै सक्रिय बन्दछ, अनि मानिसमा मानसिक समस्या देखा पर्न थाल्छ । शोधकर्ताहरुका अनुसार उक्त परजिवीले स्नायुप्रणालीको न्युरोट्रान्समिटर अर्थात् स्नायुमार्फत चेतना प्रवाह गर्ने तत्व असर पूराउँदछ ।
शोधकर्ताहरुले यो परजिवीले मानिसमा मानिसक रोग सिर्जना गर्नुका अलावा अन्य विभिन्न जटिल समस्याहरु पनि सिर्जना गने बताएका छन् । यो परजिवीका कारण महिलामा गर्भपतन हुने, भ्रुणको विकाशमा असन्तुलन हुने, रुघाखोकी जस्ता समस्या देखा पर्ने तथा अन्धोपना र मानिसको मृत्युसम्म निम्त्याउन सक्ने बताइएको छ ।
शोधकर्ताहरुले बिरालोबाट टोक्सोप्लाज्मा परजिवी मानिसमा संक्रमण हुन नदिनका लागि आफ्नो घरको बिरालोलाई छिमेकीका बिरालोहरुसँग संसर्ग हुन नदिने, बिरालोको नियमित सरसफाइमा ध्यान दिने तथा बिरालोको दिसा पिसाबको राम्रो सँग व्यवस्थापन गर्नुपर्ने बताएका छन्