नवजागृति सामुदायिक बन द्वारा वृक्ष राेपण कार्यक्रम सम्पन्न

Spread the love

आज मिति २०७९ साल असार ३ गते शुक्रवारका दिन बिहान ०७:०० देखि ०८:३० सम्म बजे सामूदायिक छैटौं वन हस्तान्तरण दिवसको अवसरमा श्री नवजागृति सामूदायिक वन उपभोक्ता समूहद्वारा राखिएको बृक्षारोपण कार्यक्रम समूहबाट नै संरक्षित वनभित्र रहेको भरतपुर -११ पदमपुर जाने सडक र कमला मन्दिरको बिचमा पर्ने इको पार्क तथा बाल उद्दानमा समूहका अध्यक्ष देव गुरुङ, भरतपुर महानगरपालिकावडा नम्बर ११ का अध्यक्ष कमल मल्ल, निवर्तमान वडा अध्यक्ष बाबुराम अधिकारी, पूर्ब अध्यक्ष, कार्यसमिति पदाधिकारी, सदस्य, सल्लाहकार तथा कानूनी सल्लाहकार पूर्ण चन्द्र चापागाईं, लेखा सम्योजक बाबुहरी आचार्य, कार्यालय कर्मचारीहरू तथा समाजसेवी/ छिमेकी जन समूदायको उपस्थिति तथा सहभागितामा कार्यक्रम सम्पन्न भयो । उक्त कार्यक्रममा समूहका सचीव श्री बिष्णु शर्मा सापकोटाबाट कार्यक्रम सन्चालन, समूहका अध्यक्ष देव गुरुङबाट कार्यक्रम शुरूवात तथा समापन, प्रमुख अतिथि रहनुभएका वडाध्यक्ष कमल मल्ल ज्यू ले बिरुवा रोपी बृक्षारोपणको शुरूवात र कार्यसमिति उपाध्यक्ष नारायण खड्काबाट बृक्षारोपण, इको पार्क तथा बाल उद्दानको निर्माण सम्बन्धि आगामी कार्यदीशाको सम्क्षिप्त जानकारी र सम्पूर्ण उपस्थिति महानुभावहरूबाट बिरुवा रोपी वातावरण संरक्षण तथा जैविक बिबिधताको संरक्षणमा आ आफ्नो तर्फबाट सहभागिता जनाउनु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *