विश्व रक्तदाता दिवसका अवसरमा रक्तदान कार्यक्रम सम्पन्न
विश्व रक्तदाता दिवस १४ जुन अर्थात जेठ ३१ गते मानव अधिकार तथा शान्ति समाज जिल्ला शाखा चितवनको आयोजनामा प्रादेशिक रक्तसञ्चार भरतपुरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।उक्त कार्यक्रममा सभापति शम्भु राउत सहित ३६ जनाले रक्तदान गर्नु भएको थियो निर्धारित समय बिहान ०८:०० बजेदेखि १०:०० बजेसम्म भने पनि आज रक्तदाता दिवसको दिन भएकोले दिनभरजसो कार्यक्रमलाई लगातार गर्नमा प्रादेशिक रक्त सन्चार कार्यालय भरतपुर शाखाले अहम भूमिका निर्वाह गरेको थियो भने कार्यक्रममा केन्द्रिय सचीव बाबुहरी आचार्य शाखा उपसभापति बिन्दु खनाल सदस्य रीतु न्योपाने, तारा पौडेल ,रबिन खतिवडा, जीवन केसि ,संसार चन्द्र न्योपाने लागायतको उपस्तिथि थियो कार्यक्रम संयोजकको काम तथा कार्यसमिति सदस्य पुर्ण चन्द्र चापागाईंले गर्नु भएको थियो र मानव अधिकार तथा शान्ति समाज चितवन सभापति शम्भु राउत, कार्यक्रम सम्योजक पूर्ण चन्द्र चापागाईं लगायत बेलुकासम्म गरि जम्मा ३६ जनाले रक्तदान गर्नुभएको थियोे । यो कार्यक्रम मानव अधिकार तथा शान्ति समाजको मुलमन्त्र मानव अधिकार, शान्ति, लोकतन्त्र, अहिन्सा, सद्भाव, सहिष्णुतालाई अवलम्बन गर्दै जगतमूखी, जीवनमूखी, सेवामूखी उदेश्यलाई परिपूर्ति/चरितार्थ गर्न पनि केन्द्रीय कार्यालयबाट केन्द्रिय सभापति गोबिन्द खनालको आह्वानमा काठमाडौ, रुपन्देही, चितवन लगायत देशभरका विभिन्न शाखाहरूमा रक्तदान कार्यक्रम चलेको थियो । मनव अधिकार तथा शान्ति समाजले चलाउदै आएका अभियानहरू जस्तै : लागू औषध/ मदिरा दुर्ब्यसनी बिरुद्धको अभियान, युद्ध निशेध :शान्री,बिशेष अभियान, हिमाल तथा नदिनाला बचाउ अभियान, सर्बसुलभ स्वास्थ्य तथा बैज्ञानिक समय सापेक्ष शिक्षाको अभियान, समय आन्दोलन जस्ता थुप्रै अभियानहरू संचालित छन ।