ने.वि. संघ द्वारा स्व.अनिल परियार हत्याकाे अनुसन्धान गर्न माग
नेपाली कांग्रेस बागमती प्रदेश प्रतिनिधि स्व.अनिल परियारको अज्ञात समुहबाट हत्या भएको ३० दिन पुगिसक्दा पनि चितवनको प्रहरि प्रशासनले गम्भीरतापुर्वक अनुसन्धान नगरेको भन्दै नेपाली कांग्रेस सङ आवध्द विभिन्न भात्री संस्थाहरुले त्यसको विरोध गरेका छन । अनुसन्धानलाई सुक्ष्म रुपमा अगाडि नबढाई उल्टै प्रहरि प्रशासन चितवनले घटना संलग्नता नभएको नेपाल तरुण दल चितवनका प्रवक्ता हेमन्त बास्तोला लाई प्रहरिले हिरासतमा राखी विभिन्न किसिमको यातना दिने कार्य गरेको भन्दै आज नेपाल विध्यार्थी संघ चितवनका विभिन्न ईकाई समितिहरुले संयुक्त प्रेस विज्ञपति जारी गरेका छ्न । उक्त विज्ञपतिमा अनुसन्धानलाई एकदम पारदर्शी ढंगले अगाडि बढाउन ईकाई समितीले प्रहरि प्रशासनलाई अनुरोध गरेका छ्न । कुनै पनि पोख्त प्रमाण बिना नेपाल तरुण दल चितवनका प्रवक्ता हेमन्त बास्तोलाई हिरासतमा लिएकोमा ईकाई समितीहरुले आपत्ति जनाएका छ्न । मुख्य दोषीलाई तुरुन्त कार्वाही गर्न र कसैको कुनै पनि राजनितिक पुर्वाग्रहको स्वार्थ पुर्ती गर्न निर्दोषलाई नफसाउन ईकाई समितीहरुले प्रहरि प्रशासनलाई अनुरोध गरेका छ्न । दोषी उपर कार्वाही नगरि निर्दोषलाई फसाए ने.वि.संघ ईकाई समितीहरु आन्दोलित हुने चेतावनि पनि विज्ञपतिमा उल्लेख गरिएको छ ।