देश-प्रदेशराजनीतिविचारसमाचार

नगरकाे विकासमा तल्लिन – मेयर शमशेर लामा

Spread the love

राप्ती नगरपालिकाका मेयर शमशेर लामा नगरकाे विकास कसरी गर्न सकिन्छ भनी छलफलमा लागि परेका छन् । सरल नरम स्वभावका मेयर सबै वडा अध्यक्ष देखि राजनिति दल र बुद्दिजिबि सँग छलफलमा व्यस्त छन् । राप्ती नगर पालिका बर्षे बाढिले दुख दिने क्षेत्र पर्ने भएकोले उक्त क्षेत्रमा क्षेतिकाे न्युनिकरण गर्ने तथा सरसफाई ,सुद्द पिउने पानी, बिजुलि नपुगेकाे ठाँउमा बिजुलि, बाटाे नपुगेकाे ठाँउमा बाटाे निर्माणमा उच्च प्राथामिकतामा राख्ने बताउनु भयाे । पिच र ढल सँगै बढाउने बताउनु भयाे । शिक्षाबाट कुनै पनि बाल्बालिका बन्चित नरहने यदि रहेमा तुरुन्त त्यस्ता बालबालिकाहरुलाइ विद्यालय जाने वातावरण सृजना गर्ने कुरा पहिलाे प्रथमिकतामा रहने बताउनु भयाे दलित आवास , शिक्षा ,राेजगारी सिर्जनातथा स्वास्थमा नागरीककाे पहुच पुर्याउन कुनै कसर बाँकि नराख्ने बताउनु भयो।उहाँ राप्ति नगरपालिकामा पहिलाे पटक निर्वाचित भएकाे भने हाेईन। राप्ती नगरपालिकाकाे ४ नम्मर वडामा वडा अध्यक्षकाे पदभार समालि जनताकाे मन जिति पुन मेयरमा निर्वाचित भएका हुन् । असल कार्यसम्पादन गर्ने जाे सुकैलाई धन्यबाद तथा सम्मान गर्न कन्जुस्याइ नगरि निरधक्क तरिका बाट प्रशंसा गर्नु हुन्छ । स्थानीय निर्वाचन सफलता पुर्वक सम्पन्न गर्ने निर्वाचन प्रमुखलाई सम्मानकाे साथ आजै बिधाई गर्नु भयाे । असल काम गर्नेलाई सबैले सम्मान गर्न आवश्यक छ भन्दै सबै वडा सचिव लगायत कर्मचारिलाई निर्वाचन अधिकृतकाे काम बाट हामिले निश्पक्ष भै काम गर्न सिक्नु पर्ने बताउनु भयाे । राप्ती नगर पलिकामा कसैलाई राजनिति रङ्गकाे आधारमा भेदभाव नगरी समान दृस्टीले हेर्ने तथा आफ्नो कार्यकालमा आर्थिक पारदर्शिता हुने कुरा बताउनु भयाे ।

स्थानिय सँग भलाकुसारि गर्दै नगर प्रमुख

Leave a Reply

Your email address will not be published. Required fields are marked *