नेपाल विद्यार्थी संघ चितवन द्वारा विविध कार्यक्रम सम्पन्न
नेपाल विद्यार्थी संघको केन्द्रिय परिपत्र अनुसार आज जेष्ठ २२ गते का दिन विश्व बाताबरण दिवसको अवसरमा ने.वि.संघ चितवन कार्य समितीद्वारा बृक्ष्यारोपण एवं सरसफाइ कार्यक्रम सम्पन्न भएको छ ।कार्यक्रममा कार्यक्रमको सभापति एवं ने.वि.संघ जिल्ला उपाध्यक्ष प्रकाश भण्डारीले बढ्दो शहरीकरण लाई मध्यनजर गर्दै भरतपुर बाइपास रोड खानेपानी ट्यांकी देखि नहर चोक सम्म ४० वटा बिरुवा दुई तर्फी बाटो बिचमा रोपेको कुरा जानकारी दिनुभएको छ ।कार्यक्रममा प्रमुख अतिथी नेपाली कांग्रेस चितवनका सचीव धुर्ब पोख्रेलले पनि आफ्नो मन्तव्य राख्नु भएको थियो । उहाले भन्नुभएको थियो नेपाल विद्यार्थी संघलाई यस्तो रचनात्मक कार्यक्रम गर्नु भएकोमा धन्यवाद दिनु भएको थियो।

कार्यक्रममा विशिष्ट अतिथी नेपाली कांग्रेस क्षेत्र नम्बर २ का क्षेत्रीय सभापति भारत प्रसाद लामिछाने त्यस्तै गरि अतिथिहरु नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधि निरु कार्की , निबर्तमान सह-सचीव राजन कार्की , निबर्तमान जिल्ला सदस्य मित्र निधि तिवारी , बालकुमारी कलेज नारायणगढका क्याम्पस प्रमुख जगदिस्वर खनाल र उधोग बाणिज्य संघ चितवनका अध्यक्ष चुन नारायण श्रेष्ठ को उपस्थिती रहेको कुरा ने.वि.संघ बालकुमारी कलेजका बरिस्ठ उपाध्यक्ष अमित तिवारीले जानकारी दिनु भयो ।