सफल भविष्य प्रा. लि.द्वारा संन्चालित सीप मुलक तालिमको उद्घाटन सम्पन्न
बैसाख १९ साेमबार, सफल भविस्य प्रा लि द्वारा संन्चालित सीप मुलक तालिमको भरतपुर १२ मालपाेत चाेकमा उद्घाटन सम्पन्न भएकाे छ । कार्यक्रमका अतिथि लघु घरेलु तथा साना उघाेग प्रबर्धन केन्द्रका मेकानिकल ईन्जिनियर लक्ष्मि श्रेष्ठ ज्यु बाट भएकाे थियाे । विशिस्ट अतिथि समाज सेवि, दानबिर, बहुप्रतिभाशालि, विभिन्न समाजिक क्षेत्रमा चालिस लाख भन्दा बढि दान गरिसक्नुभएको, रास्ट्रिय मा .वि .कृष्णपुर ७ का संस्थापक अध्यक्ष राममणि उपाध्याय पाैडेल रहनु भएकाे थियाे । अतिथिमा १२ नम्बर वडा सचिव महेन्द्र कार्कि , ११ का वडा सचिव आेाम प्रकाश न्याेपाने , लघु घरेलु तथा साना उघाेग प्रवर्धन केद्रका ना.सु उमा देबि पाैडेल रहनु भएकाे थियाे । विशिष्ट अतिथिमा समासेवि राममणि उपाध्याय पाैडेल रहनुभएको थियो ।उहाले गरिव तथा विपन्नलाई सहयाेग पुग्ने गरि एकाउन्न हजार दानकाे घाेषणासमेत गर्नु भयाे ।
प्रमुख अतिथि लगायत सबैले दानबिर बुबाकाे खुलेर प्रशंसा गर्नु भएकाे थियाे। समाजसेवि बुबाकाे अझैसमाज सेवा प्रति भावना जागाेस् र बुवाकाे सु स्वास्थ दिर्घायुकाे कामना सबैले गर्नु भयाे । तालिममा सहभागी सबैलाई सीप सिकि स्वराेजगार बन्न र सफल उघाेगि बन्नेगरि सीप सिक्ने अवसर रहेकाे र उक्त अवसर नगुमाइ सीप सिकेर आफैमा निर्भर रहन सबैलाई प्रोत्साहन समेत उहाले दिनुभएको थियो । तालिममा २३ जनाकाे सहभागीता रहेकाे थियाे । तालिममा वरिस्ठ प्रशिक्षकको रुपमा उषा बास्ताेला श्रेस्ठ र सहायकमा ज्ञानु निराैला रहनु भएकाे छ । उक्त कार्यक्रमका सभापति सफल भविस्य प्रा लिका अध्यक्ष देवराज थपलियाकाे अध्यक्षतामा सम्पन्न भएको थियो।