आज मे दिवस

Spread the love

इशा पुर्व ३ सय बर्ष अगाडि मिश्र देशका क्रुर तानाशाहा राजा फिराउनका विरुद्ध
स्पार्टाकार्स लगायतका दासहरुले शोषण बिरुद्ध समानताको लर्डाई लडे देखी नै शुरु भएको ट्रेड युनियन आन्दोलन आज पर्यन्त समय, समयमा नया, नया र बिभिन्न रूप र नाममा जन्मिरहने नव फिराउनहरूका बिरूध्द जारी नै छ ।

   रकेट निर्माण गरि चन्द्रलोक पुग्ने देखी २४ सै घण्टा मलमुत्र सोहोर्ने काममा तल्लिन हुनुपर्ने हामि श्रमिक मात्रले पहिले आफु बीचमा रहेको असमानता र बर्गीय खाडल पुर्ने कोशिस गदै राज्य लाइ कल्याणकारी बनाइ समतामुलक समाजको निर्माण गर्नु परेको छ ।
    सन् १८८६ मे १ तारीख अर्थात आजकै दिन अमेरीकाका मजदुरले आफना माग पुरा गराउन तत्कालीन सत्ताधारीलाई बाध्य पारेको दिनको संझनालाई प्रेरणाकाे रुपमा लिदै आफना माग पुरा गराउन सम्पुर्ण मजदुर एक हुनु पर्ने पाठ पनि आजको दिनबाट सिक्नु परेको छ ।

  नेपालका मजदुरहरुले आफनो माग पुरा गराउन मात्र आन्दोलन गरेका छैनन, उनिहरु जनताको स्वतन्त्रताको निमित्त आफनो ज्यान उत्सर्ग गर्न समेत पछि पर्दैनन भन्ने कुरा २००३बाट शुरू गरि २००७, २०४६, २०६२,र २०६३ को आन्दोलन मा आफनो ज्यानको आहुति दिएर प्रमाणित गरि सकेका छन् ।

अाज यश मे दिवशकाे यस अबसरमा तमाम ट्र्रेड युनियन आन्दोलन र लोकतन्त्रको आन्दोलनमा शाहादत प्राप्त गर्ने वीर शहिद प्रति हार्दिक श्रद्धा सुमन ब्यक्त गदै अझै चहराइ रहेकको घाउकाे दुखाई सहिरहन बाद्द्य महान योद्धाहरुको शिघ स्वास्थ्यलाभको कामना गर्दछु ।

 यस दिनले ट्रेड युनियन आन्दोलनको गौरवमय इतिहासलाई कायम गर्दै शहिदको रगतलाई साक्षी राखी श्रमिक अधिकार र समानताको लर्डाईमा आउने शत्रुलाइ परास्त गर्दै सुन्दर, शान्त र सम्मुनत नेपालको श्रृजना गर्न सबैलाई सफलता मिलोस् !

Leave a Reply

Your email address will not be published. Required fields are marked *