माग सम्बाेधन नभए थप कार्यक्रकाे घाेषणा गरिने ;युवानेता रबिन क्षेत्रि
वैशाख ३० गते हुन गैरहेको स्थानिय चुनावका लागि विभिन्न दलहरुको चुनावि तालमेलको क्रम जारी छ । देशै भर गठबन्धको नाममा विभिन्न पालिका र वार्डहरुमा पार्टीहरु बिच सिट बाडभाड भैरहेको छ । चुनावि गठबन्धनमा पालिका देखि वार्डसम्म तालमेल हुँदै गर्दा विभिन्न ठाउँमा विरोध हुँदै आएको छ । सम्पुर्ण देशको आँखा परेको भरतपुर माहानगरमा पनि गठबन्धनले मेयरको रुपमा माओवादिको तर्फबाट रेणु दाहाललाई अघि सारेको छ र उक्त कुराको विरोध चितवन कांग्रेसका नेता कार्यकर्ताले गर्दै आएकाछ्न र त्यसको फल स्वरुप नेपाली कांग्रेस चितवनको पार्टी कार्यालयमा तालाबन्दी भएको थियो । उक्त तालाबन्दीको प्रभाव अहिले वार्ड सम्म देखीएको छ । भरतपुर माहानगरपालीका वार्ड ११ मा नेपाली कांग्रेसको बाहुल्यता भएपनि गठबन्धनले वार्ड अध्यक्षको लागि माओवादीको उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरेपछि तनाव उत्पन्न भएको छ । नेपाली कांग्रेसले अरु दललाई वार्ड अध्यक्षमा समर्थन गर्ने निर्णय भएपछि ने.वि.संघ चितवनका सह-सचीव रविन क्षेत्रीको नेतृत्वमा गएको टोलिले नेपाली कांग्रेस वार्ड ११को पार्टी कार्यालयमा तालाबन्दी गरेकोछ । आज विहान ११ बजेको समय उक्त टोलिले “गठबन्धन चाहिदैन,वार्ड ११ छोड्न पाईदैन”, “भोटका दलालहरु होसियार” भन्ने जस्ता विभिन्न नारावाजी गर्दै उक्त टोलिले तालाबन्दी गरेको हो । वार्ड ११मा हिजोको दिनमा कांग्रेसको भोट गठबन्धनका अरु पार्टी भन्दा बढी आएको हुनाले वार्ड अध्यक्षमा नेपाली कांग्रेसले आफ्नो दावी नछोड्नु पर्ने सह-सचीव रविन क्षेत्रीको तर्क छ । जबसम्म पार्टीले आम कार्यकर्ताको मनशान्ती हुने तरिकाले निर्णय गर्दैन तबसम्म ताला नखुल्ने अडान सह-सचिव रविन क्षेत्रीले राखेका छ्न । सल्लाह र सहकार्यमा नगर्ने नेपाली कग्रेसका काम महानगरबाट पन्छाउने दुख हैरानि दिने गरेकाे काँग्रेसकाे कार्यकर्ता बताउछन् । हामिले पहिला पनि भाेट दिएर जिताई पठाएका हाै हामिलाई महानगर काम लिएर जाँदा साैतानि ब्यावहार गर्छन् त्यसैले हाम्राे आक्राेस हाे । हाम्राे माग सम्बाेधन नभए अझै ससक्त्तआन्दाेलन गर्न प्रत्येक कार्यकर्ताकाे घरमा जाने तयार छाै भनी गुनासाे राख्नु भयाे। नेताहरूलाई बेलामै चेतना आवस् भन्नकाे लागि तालाबन्दि गरेका हाै भन्नू भयाे । कार्यकर्ताकाे सम्बाेधनकाे लागि ईमान्दार भएर पाटि सभापति र मियरका उमेद्दार बाट सम्बाेधन लिखित प्रतिबद्दता आवास्यक रहेकाे बताउनु भयाे । हामी पटक पटक धाेका खाँदैनाै हामी हरूकाे राजनिति भविस्यकाे ज्ञारिन्टि हुनु पर्छ हाम्राे काम महानगरबाट साैतानि ब्यावहार हुनु भएन भन्नू भयाे ।