“४ जिपिए प्राप्त गर्ने विद्यार्थीलाई अर्किडले नगद रु. १ लाख पुरस्कार दिने “

Spread the love

भरतपुर-१०,हाकिमचोक स्थित अर्किड स्कूलबाट १०५ जना विद्यार्थीहरु यस वर्ष एस इ इ परीक्षामा सम्मिलित हुँदैछन्। जसमध्ये जतिजना विद्यार्थीहरुले एस इ इ परीक्षाको नतिजामा ४ जिपिए प्राप्त गर्छन्, ती मध्ये प्रत्येक विद्यार्थीले जनही रु. १ लाख नगद पुरस्कार प्राप्त गर्नेछन् । विद्यालय तहमा यति ठूलो धनराशि सहितको पुरस्कार संभवत नेपालमै पहिलो भएको स्कुलका सह-प्राचार्य ओमराज मैनाली बताउछन् ।आसन्न एस इ इ का विद्यार्थीहरुका लागि आयोजित शुभकामना प्रदान कार्यक्रममा उक्त धनराशिको पुरस्कार अध्यक्ष एवं प्रबन्ध निर्देशक गोपाल पराजुलीले घोषणा गरेकाहुन् ।

अध्यक्ष पराजुली भन्छन् “यस्ता ठूला धनराशिका पुरस्कारले विद्यार्थीहरुलाई हौसला र अध्ययनप्रति थप उत्तरदायी बनाई उनीहरुमा प्रतिस्पर्धाको भावना जागृत गराउँछ।”कक्षा १० मा अध्यापन गर्ने सम्पूर्ण विषय शिक्षकहरुले एस इ इ परीक्षाको लागि हार्दिक शुभकामना व्यक्त गरेका थिए। सम्पूर्ण परीक्षार्थीहरुलाई टीका, खादा र मायाको चिनो प्रदान गरिएको थियो। स्कुल संचालक समितिका अध्यक्ष गोपाल पराजुलीको अध्यक्षतामा आयोजित उक्त कार्यक्रममा शिक्षक-अभिभावक संघका अध्यक्ष कृष्णहरि पण्डित, संचालक समितिका सदस्यद्वय राजाराम आचार्य र आकाश पौडेलले शुभकामना मन्तव्य राखेका थिए। उक्त कार्यक्रमको उद्घोषण शिक्षक विश्वमणि पहारीले गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *