“मार्गदर्शन साकोस उत्कृष्ट साकोस र उत्कृष्ट प्रमुख कार्यकारी अधिकृत घोषणा “
भरतपुर महागरपालिकामा सहकारीको नीति, विधि, सिद्धान्त र आधुनिक प्रविधिमा संचालिक समुदायमा आधारित सहकारी मार्गदर्शन साकोस ६५औं राष्ट्रिय सहकारी दिवसको अवसरमा भरतपुर महानगरपािलकाले महानगरको उत्कृष्ट साकोस घोषणा गरी सम्मान गरेको छ । सोही अवसरमा संस्थाका प्रमुख कार्यकारी अधिकृत श्री दीपक गौतमलाई महानगरको उत्कृष्ट प्रमुख कार्यकारी अधिकृत घोषणा गरी सम्मान गरेको छ । ६५औं राष्ट्रिय सहकारी दिवसको अवसरमा भरतपुर महानगरपालिकाले आयोजना गरेको विशेष कार्यक्रममा प्रमुख अतिथि भरतपुर महानगरपालिकाका मेयर रेनु दाहालले संस्था र प्रमुख कार्यकारी अधिकृतलाई सम्मान गर्नु भएको हो । भरतपुर महानगरपालिकाका कार्यक्षेत्र रहेको संस्थामा २०७८ फागुन मसान्तसम्ममा ५,९०० शेयर सदस्य र कुल सम्पत्ति ५५ करोड रहेको छ । डिजिटल सदस्य, डिजिटल साकोस अभियान संचालन गरिरहेको संस्थाले सदस्यहरुलाई निशुल्क मोवाइल वैकिङ्क, ATM कार्ड, QR सेवा, e-Teller, e-Payment सेवा संचालन गरेको संस्थाका प्रमुख कार्यकारी अधिकृत दीपक गौतमज्युले जानकारी दिनुभयो ।