” नेपाली काग्रेसका नेता रघुनाथ सापकोटा बाट भरतपुर -४ को अध्यक्ष मा उम्मेदवारी घोषणा “

Spread the love

नेपाली काग्रेसका युवा एंव असल नेता रघुनाथ सापकोटाले बैशाख ३० गते हुन गइरहेको स्थानीय निर्वाचनमा भरतपुर महानगर पालिका वार्ड नं ४ को अध्यक्ष पदमा आफ्नो उम्मेदवारी घोषणा गर्दै पार्टी कार्यालयमा नाम दर्ता गराउनु भएको छ ।भरतपुर -४ का अत्यन्तै लोकप्रिय ,कर्मठ,भ्रष्टाचार बिरोधि ,निडर, र हक्की स्वभावका नेता रघुनाथ सापकोटा ले उम्मेदवारी घोषणा गर्दा भरतपुर -४ का काग्रेसी कार्यकर्ता , सामान्य नागरिक , र विपक्ष पार्टीमा आस्था राख्ने हरु समेत आफ्नो वार्डले एउटा कुशल नेतृत्व पाउने आशामा अत्यन्तै उत्साहित भएको पाइएको छ ।नेपाली काग्रेसको बहुमत रहेको उक्त वार्डमा अघिल्लो चुनावमा प्राबिधिक कारणले चुनाव मा पार्टी पराजय भएको भएता पनि यसपटकको चुनावमा अत्यधिक मतका साथ ५ जना नै बिजय हुने निश्चित रहेको दावी गर्नु भयो । आफ्नो वार्डको सामाजिक ,राजनैतिक ,सास्कृतिक र भौगोलिक अवस्थाको बारेमा पुर्ण जानकार सापकोटाले पार्टी बाट चुनाव लड्न टिकट प्राप्त गर्ने बिषयमा कुनै दुइमत नरहेको स्थानीय सर्वसाधारणको धारणा पाइयो । सापकोटाले अध्यक्ष पदमा निर्वाचित भय पछी वार्डको सर्वाङ्गिण बिकासको लागि आफ्नो सम्पूर्ण समय दिएर दत्तचित्त का साथ काम गरि महानगर का सम्पूर्ण वार्ड हरुमा आफ्नो वार्ड उत्कृष्ट वार्ड बनाउने धारण राख्नु भयो । तपाईंको चुनाव जित्ने आधार के के हुन भन्ने हाम्रो प्रश्नमा सापकोटाले भन्नुभयो यश वार्डमा बसोबास गर्ने आम नागरिकको चाहना बमोजिम नै आफुले उम्मेदवारी घोषणा गरेकोले वार्डबासी हरुको पुर्ण साथ ,सहयोग र समर्थन रहने र नेपाली काग्रेस प्रति प्रतिबद्ध भोटको अलावा आफ्ना नातागोता , ईस्टमित्र , छरछिमेकि , बिगतको दिनहरुमा वार्डबासी हरुको हरेक दुख,सुखमा साथ र सहयोग दिइरहेको आफ्नो स्वभाव का कारण परिचित नागरिक , का साथै बिपक्षी पार्टी का मतदाताहरुको मत समेत आफुले प्राप्त गर्ने र सजिलै बिजय प्राप्त गर्नसक्ने बताउनु भयो ।

त्यस वार्डमा उहाँको आफनै नातेदार (जुन मत तठस्थ छ ) धेरै रहेका ,र त्यो मत नेपाली काग्रेसबाट उहाँ उम्मेदवार भय मात्रै प्राप्त गर्नसक्ने अन्यथा अन्य पार्टीको उम्मेदवार लाई जानसक्ने संभावना समेत रहेकोे कारण पनि यसपटकको टिकट सापकोटाले नै प्राप्त गर्ने निश्चित प्रायः देखियो । धारापानी टोलबिकास , धारापानी साकोस को सस्थापक अध्यक्ष , भरतपुर सामुदायिक हस्पिटल को सस्थापक संचालक , श्री मा बि बारघरे को ब्यबस्थापन समितिको अध्यक्ष ,नेपाली काग्रेस ( तत्कालीन भरतपुर -५ ) को सस्थापक सचिव , नेपाली काग्रेस चितवनको स. सचिव भइ इमानदारी र लगनशीलता पुर्वक काम गरेका , ०४६ सालको आन्दोलनमा घर बाट नै गिरफ्तार परि १९ दिन थुनामा अत्यन्तै कस्टकर दिन बिताउनु भएका , ०६३ को आन्दोलनमा स्टेरिङ कमिटीमा रहेर आन्दोलन हाक्नु भएका , वार्ड सदस्य , सर्वदलिय संयन्त्रको सदस्य भएर वार्डको बिकासमा लागिरहेका सापकोटा नै नेपाली काग्रेस का लागि योग्य उम्मेदवार रहेकोे स्थानीय आम समुदायको धारण रहेकोे पाइयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *