२ दिने सामुदायिक बिपद प्रतिकार्य तालिम शुरु
असार ६, गैडाकोट
लायन्स अन्तराष्ट्रिय डिष्ट्रिक ३२५ आर नेपाल अन्र्तगत रहेको लायन्स लिडरसिप एकेडेमीको आयोजनामा आज शुक्रबारबाट गैडाकोटमा २ दिने सामुदायिक बिपद प्रतिकार्य तालिम शुरु भएको छ ।
समुदाय स्तरमा विपद् व्यवस्थापन तथा प्रतिकार्य क्षमताको विकास गर्ने उद्देश्यले सञ्चालन गरिएको तालिममा ५० जना लायन्स सदस्य र १० जना लियो सदस्य गरी जम्मा ६० जनाको सहभागिता रहेको डिष्ट्रिक्ट ३२५ आरका सचिव लायन निरज श्रेष्ठले जानकारी दिनुभयो ।
नेपाल एक बहु–जोखिमयुक्त मुलुक हो । यहाँ भूकम्प, बाढी, पहिरो, डुबान, आगलागी, हावाहुरी, महामारी लगायतका प्राकृतिक तथा मानवसिर्जित विपद्का सम्भावना सधैं रहन्छ । बर्सेनि दोहोरिने बाढीपहिरोका घटनाहरूबाट हुने क्षति कम गर्न समुदायिक स्तरमा पुर्वतयारी, समन्वय, सचेतना र प्रत्यक्ष अभ्यासका लागि कार्यक्रमको आयोजना गरिएको हो ।
श्री २ नं. विपद् व्यवस्थापन गण, रसौली चितवनका सेनानी हरि नारायण पौडेल सहितका प्रशिक्षकहरूले सैद्धान्तिक तथा प्रयोगात्मक तालिम प्रदान गर्नेछन् । सहभागीहरूलाई प्राकृतिक तथा मानव निर्मित विपद्को अवधारणा, प्रतिकार्य तयारी, उद्धार तथा राहत कार्यको अभ्यास, प्राथमिक उपचार, आगलागी नियन्त्रण लगायतका विषयमा व्यावहारिक ज्ञान दिईनेछ ।
लायन्स अन्तराष्ट्रिय डिष्ट्रिक ३२५ आर का गर्भनर दिनानाथ न्यौपानेको सभापतित्वमा सम्पन्न कार्यक्रममा निर्वाचित प्रथम भाईस गर्भनर प्रभाकर पण्डित, पुर्व डिष्ट्रिक गर्भनर सिद्धार्थलाल चुके, निर्वाचित द्धितिय भाईस गर्भनर दिपेन्द्र खतिवडा, डिष्ट्रिक ३२५ आ डिजाष्टर म्यानेज्मेन्ट प्रमुख पूर्ण प्रसाद शर्मा लगायत का लायन लिडरहरुको उपस्थिती रहेको थियो ।