” फागुन छब्बीसबाट शुरु हुने शुभकार्य बर्जित होलाष्टक “
होलीको ठिक आठ दिन अगाडि शुरुहुने होलाष्टक यो बर्षको फागुन शुक्ल पक्षको अष्टमी अर्थात् होली पर्व मानिने बिहीबार फागुन 26 गतेबाट शुरु हुदैछ ।
फागुन 26 गतेबाट होलीसम्म शुभ कार्य निषेध पनि गरिएको छ । सोह्र संस्कार लगायत कुनै शुभ कार्य यस समयमा गर्नु हुँदैन भन्ने शास्त्रीय मान्यता पनि रहेको छ ।अर्थात् दाढी काट्ने, विवाह, गृहप्रवेश सबै स्थगित हुन्छन् । तर होलाष्टकका यी दिनहरूमा हामीसबै सजग, होसियार रहनुपर्छ।
किनकी यस समयमा हाम्रो निर्णय शक्ति धेरै कमजोर हुन्छ, आत्मविश्वास पनि पूर्ण हुँदैन, यस समयमा लिएको कुनै पनि निर्णयले हामीहरुलाई भविष्यमा पछुताउन बाध्य बनाउन सक्छ। किनभने यस समयमा सूर्य-चन्द्रदेखि राहु-केतुसम्मका हाम्रा सबै ग्रहहरू अग्निमय अवस्थामा रहेका हुन्छन्। ग्रहहरूको ज्वलन्त अवस्थाका कारण सबैको निर्णय क्षमतामा प्रभावित पारेको हुन्छ। त्यसैले होसियार र सजग हुन जरुरी छ ।
फाल्गुन शुक्ल अष्टमीदेखि होलाष्टक सुरु हुन्छ र फागुन अष्टमीको दिन चन्द्रमा, नवौँ दिन सूर्य र दशौँ दिन शनि अग्नी हुन्छ । एकादशीमा शुक्र, द्वादशीमा गुरु, त्रयोदशीमा बुध, चतुर्दशीमा मंगल र पूर्णिमामा राहु-केतु क्रोधित रहन्छ। त्यसैले होलाष्टकदेखि होलिका दहनसम्म शुभ कार्य गर्न निषेध गरिएको छ ।
तर सोही अवधिमा सबैको निर्णय क्षमता अर्थात् निर्णय शक्तिमा पनि असर पर्छ । भनिन्छ “ग्रह अधिनाम जगतम् सर्ववम्” अर्थात् सारा संसार ग्रहहरूको नियन्त्रणमा छ । ग्रहहरूले हाम्रो सम्पूर्ण जीवनलाई असर गर्छ, हामीलाई ग्रहहरूको दश, अन्र्तदशा, मारक दश आदिमा शुभ र अशुभ प्रभावहरू प्राप्त हुन्छन्। र जब ग्रहहरू ज्वलन्त हुन्छन्, हामी सतर्क हुनुपर्छ। त्यसोभएर ग्रहहरूले पनि देवताहरू, मानवहरूको विचारलाई असर गरिरहेको हुन्छ ।