अनलाइन, युट्युव मिडिया तथा पत्रकारिता क्षेत्रका समसामयीक सवालहरू सम्बन्धमा अभिमुखीकरण कार्यक्रम सम्पन्न

Spread the love

पुर्णचन्द्र चापागाई
नेपाल सरकार, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको आयोजनामा अनलाइन, युट्युव मिडिया तथा पत्रकारिता क्षेत्रका समसामयीक सवालहरू सम्बन्धमा अभिमुखीकरण तथा छलफल कार्यक्रम २०८२ असार ०१ गते आइतवारका दिन भरतपुरको ल्याण्डमार्क होटेल रोयल सेन्चुरीमा सम्पन्न भयो।
प्रमुख अतिथि जिल्ला समन्वय समिति चितवनका प्रमुख नारायण प्रसाद अधिकारी उपस्थित हुनुहुन्थ्यो।नेपाल सरकार, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सह-सचिव गजेन्द्र कुमार ठाकुरको अध्यक्षतामा भएको उक्त कार्यक्रममा सञ्चार मन्त्रालयका शाखा अधिकृत ठानेश्वर पराजुलीले उद्घोषण गर्नुभएको थियो। गमलामा रहेको बिरूवामा पानी हाली शुरू भएको उक्त कार्यक्रममा बोल्दै प्रमुख अतिथि नारायण प्रसाद अधिकारीले सूचना तथा व्यक्तिगत अभिव्यक्तिको स्वतन्त्रता पत्रकारितासँग जोडिएको विषय हो। व्यक्ति समाजको सबै किसिमको श्रोत हो, समाज चिन्न व्यक्ति चिन्नु पर्दछ। विचारले संस्था जन्मन्छ चरित्र विचारबाट नियन्त्रित हुन्छ। यो चरित्र निर्माण समाजसँग जोडिएको विषय भएको हुँदा त्यसलार्इ जोडेर पत्रकारिता गर्नु जोखिम तथा चुनौतिपूर्ण छ, त्यससँग जुध्नसक्ने धैर्यता भएको व्यक्ति नै आफ्नो तथा देशको निम्ति सधैँ आवश्यक छ, जसको समाचारको माध्यमबाट समाजमा व्याप्त रीति, कुरिती, असल र खराबको क्रिम निकाल्न सक्ने खुबि हुन्छ भन्ने तर्क प्रस्तुत गर्नु भएको थियो।
उक्त अभिमुखीकरण तथा छलफल कार्यक्रममा सूचना तथा सञ्चार मन्त्रालयका सह-सचिव समेत रहनु भएका गजेन्द्र कुमार ठाकुरले छलफलमा उठेका प्रश्नहरूलार्इ स्पष्ट पार्नु भएको थियो।भने अभिमुखी कार्यक्रममा सहजकर्ताको भूमिकामा प्रेस काउन्सिल नेपालका सूचना अधिकारी विजयराज अधिकारी, पत्रकार महासंघ केन्द्रीय बरिष्ठ उपाध्यक्ष दिपक आचार्य समेतले पत्रकारको भूमिका, पत्रकारितामा अनलाइन पत्रकारिता, युट्युव पत्रकारिता, सामाजिक सञ्जाल लगायतका विभिन्न मिडियाले पार्ने प्रभाव, चुनौती, अवसर, यसको विश्वसनियता, पत्रकारहरूको क्षमताअभिवृद्धि, नियन्त्रणको व्यबस्था, वर्गिकरण, भाषागत विकासमा दिनुपर्ने जोड, नकरात्मक तथा सकरात्मक सूचनाबाट समाजमा पर्ने प्रभाव त्यसलार्इ के कसरी सुधार, नियन्त्रण गर्न सकिन्छ र समाज र देशकै पक्षमा बनार्इ सबै प्रकारका मिडियालार्इ समाज सुधारको संवाहकको रूपमा लैजान सकिन्छ भन्नेतर्फ जोड दिर्इ कार्यक्रम भएको थियो। उक्त अवसरमा सहायक जिल्ला अधिकारी चुडामणी शर्मा, सूचना तथा सञ्चार मन्त्रालयका सूचना अधिकृत उप सचिव रविन्द्र प्रसाद पौडेल, शाखा अधिकृत ठानेश्वर पराजुली, नेपाल पत्रकार महासंघ चितवनका अध्यक्ष बसन्त पराजुली समेतका चितवनका पत्रकारहरूको उपस्थिती रहेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *