अन्तर्राष्ट्रिय रक्तदाता दिवसको अवसर पारेर भरतपुरस्थित बृहत रक्तदान गरी ऐतिहासिक बनाउने अभियान जारि

Spread the love

अन्तर्राष्ट्रिय रक्तदाता दिवसको अवसर पारेर भरतपुरस्थित चितवन औद्योगिक प्रदर्शनी केन्द्रमा गरिएको बृहत रक्तदान गरी ऐतिहासिक बनाउने गरी महाअभियान जारी नै रहेको छ ।

ब्लड डोनर्स सोसाइटी नेपाल, चितवन शाखाको आयोजनामा बिहान ६ बजे प्रभातफेरि गरी बिहान ७ बजेदेखि ब्लड डोनेशन कार्यक्रम चलिरहेकाे छ भने यो रक्तदान कार्यक्रम बेलुका साँझ ५ बजेसम्म चल्ने छ भने रक्तदाताको लगातार आवागमन भै नै रहेमा समय थप गरी रक्तादान कार्यक्रम जारी राखिने जनाएकाे छ । रक्तदानमा हालसम्म १२ सय ४० जनाले रक्तदान गरिसकेको ब्लड डोनर्स सोसाइटी नेपालका केन्द्रीय अध्यक्ष अर्जुन अधिकारीले जानकारी दिनुभयो ।

चितवनका विभिन्न क्षेत्रबाट रक्तदाताको उप्साहपूर्ण सहभागि रहेकाे र एकैदिन एक हजार ५ सय पिन रगत संकलन गर्ने गरी महोत्सवको तयारी गरिएको अधिकारीले जानकारी दिनुभयो । ब्लड डोनर्स सोसाइटी नेपाल चितवन शाखाको आयोजनामा चलिरहेको यस कार्यक्रममा चितवन जिल्लाका सबै पालिका, जिल्ला प्रशासनदेखि सबै सरकारी कार्यालय, अर्ध सरकारी गैर सरकारी सघ सस्था स्थानीय निकायका वडा टोल, कलेज, बिद्यालयहरू, पत्रकार, वकिल शिक्षक कर्मचारी, सहकारी सस्थाहरू लगायतका सबै जन समुदाय सहित छिमेकी जिल्ला नवलपुर , मकवानपुर देखि धेरै जिल्लाको प्रत्यक्ष अप्रत्यक्ष सहभागीता रहेको थियो । यस पुनित कार्यमा , जिल्ला अध्यक्ष एक राज वास्तोला सचिव विपिन पाठक लगायत ब्लड डोनर्स सोसाइटीका सम्पूर्ण सदस्य तथा पदाधिकारीहरूको शुभ चिन्तकहरूको बराबर योगदान रहेको कुरा केन्द्रीय वरिष्ठ उपाध्यक्ष हरि प्रसाद न्यौपानेले बताउनुभयो । यो महान अभियानमा सम्पूर्ण ब्यक्तित्वहरू जोडिएर रक्तदान गर्नु हुन पनि हार्दिक अपिल गर्नु भयाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *