भरतपुर । ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवस नागरिक संवाद कार्यक्रम गरि सम्पन्न

Spread the love

सबिधानमा व्यवस्था गरेको समानताको हक र व्यवस्थालाई पूर्णरूपमा कार्यान्वयन गरेमा मात्र नारी दिवसको सार्थकता रहने सराेकारवालाकाे भनाई छ । संविधानले व्यवस्था फेरिए पनि अवस्था नफेरिएकोले यसतर्फ सबै पक्ष सचेत र जिम्मेवार हुनुपर्ने उनीहरुको तर्क थियो । आमाको नामबाट नागरिकता लिन पाउने कानुन बने पनि नागरिकता लिन सहज नभएको अधिकारकर्मी तथा प्रभावितको तर

विशेषगरी, सम्बन्ध विच्छेद गरेका महिला तथा एकल आमाले हुर्काएका सन्तानहरु सहजरूपमा नागरिकता प्राप्त गर्न नसक्ने अवस्थामा रहेको उनीहरुले दुखेसो गरेका थिए ।

कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुखअतिथि संघीय सांसद् शान्ति परियारले नेपाल नागरिकता दोस्रो संशोधन विद्येयकमा जिल्लामा उठेका कुराहरुलाई सम्बोधन गरेर लैजान आफू प्रतिबद्ध रहेको बताइन् । नागरिकताको सवालमा संवैधानिक जटिलता एकातिर रहेको र कार्यान्वयनको सवालमा पितृसत्ता हाबी बनेकोले चुनौती थपिएको उनको भनाइ थियो ।

चितवन जिल्ला अदालत बार एसोसिएसनका अध्यक्ष अधिवक्ता फूलमाया रानाभाटले विवाह गरेर गएका छोरीको नाममा समेत अंश पाउने कानुनी अधिकार भए पनि कार्यान्वनमा नआएको बताइन् । ‘अदालतमा हामी बहस गरेर विवाह गरेका छोरीलाई अंश दिलाइसक्यौँ’, उनले भनिन्, ‘मालपोतमा भने छोरीका नाममा अंश दिएको रेकर्ड नभएको भनेर आउँछ यसतर्फ सबैको ध्यान जानुपर्छ भन्नू भयाे ।

‘२०५९ सालमा नै विवाह गरेर गएका छोरीले समेत अंश पाउने कानुन बनेको छ । ०७२ को संविधानले समेत यो कुरालाई थप स्पष्टरुपमा अधिकार स्थापित गरेको छ । उनले भनिन् ।

अधिकारकर्मी मीना खरेलले समानता सबै महिला र बालीकाका लागि अधिकार, समानता र सशक्तीकरणको नारालाई सार्थक बनाउन सबै पक्ष जिम्मेवार बन्नुपर्ने बताइन् । ‘संविधान संशोधन गर्ने उपयुक्त समयमा नागरिकताको विद्येयकबारे नागरिक संवाद हुनु आफैँमा महत्त्वपूर्ण छ ।उनले भनिन्, घटनाकै कारण कुनै पनि व्यक्ति राज्यको अनागरिक हुनुपर्ने परिस्थिति हट्नुपर्छ भनी जाेड दिनु भयाे ।

सोही अवसरमा बोल्दै मानवअधिकार तथा शान्ति समाजका केन्द्रीय उपाध्यक्ष राजेन्द्र पौडेलले शान्ति समाजले संविधानले व्यवस्था गरेको अधिकारका विषयमा नागरिकस्तरमा जानकारी गराउँदै तल्लो तहदेखि माथिल्लो निकायसम्म आवाज उठाउन मद्दत गर्ने बताए ।

शान्ति समाज चितवनका सभापति पूर्णचन्द्र चापागाईंको अध्यक्षतामा भएको कार्यक्रममा मानव अधिकार तथा शान्ति समाजका के. सदस्य शम्भु राउत आदर्श नारी विकास केन्द्रका अध्यक्ष उषा खरेल सुवेदी, मन्जुश्री असहाय संरक्षण केन्द्रका अध्यक्ष मञ्जु खाँड, मानवअधिकारकर्मी विनोदखण्ड तिमल्सेना, नेपाली कांग्रेस महिला विभाग संयोजक कलावती भट्टराई, आदर्श गृहकी आमा भीमकुमारी जिसीलगायतले आफ्नाे भनाई राखनु भएकाे थियाे कार्यक्रमकाे प्रस्तुति कृति चाैधरिले गर्नु भएकाे थियाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *