” जिल्ला स्तरीय राष्ट्रिय शक्ति नेपालको कार्यकर्ता प्रशिक्षण “
राष्ट्रिय शक्ति नेपालको प्रायोजनमा चितवन जिल्ला स्तरीय कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम ,टाडी बकुलर स्थित दुर्गा मन्दिरको सभाहलमा सो अभियानका संस्थापक केन्द्रीय अभियन्ता तथा चितवन जिल्ला सम्योजक कृष्ण लामाको प्रमुख अध्यक्षतामा सम्पन भएको छ । राजसम्थाको स्थापना, वैदिक सत्यसनातन हिन्दुराष्ट्र , अनि संघीयताको खारेजी नभएसम्म यो अभियान निरन्तर रुपमा चलिरहने कुरा सो कार्यक्रममा प्रष्टाउनु भएको थियो ।
त्यस्तै प्रमुख अथितिको आसनबाट अभियानका सचिवालय सदस्य केन्द्रीय अभियन्ता ध्रुब तिवारीले बोल्नु भएको थियो । राज्य नागरिकप्रति उत्तरदायी नभएकोले यो संविधान ब्यालेटबाट नभएर शान्तिपूर्णबाटोबाट च्यात्नु पर्ने तर्फ प्रस्टाउनु भएको थियो । त्यस्तै प्रथम अथिती रामसिङ्ग चौधरीले नैतिकवान,इमानदारी, उत्तरदायी अनि जबाफदेही गुण यस अभियन्ताका सहयात्रीहरुमा हुनुपर्ने कुरा बताउनु भएको थियो ।
राष्ट्रिय युवा शक्ति नेपालका चितवन अध्यक्ष तथा केन्द्रीय अभियन्ता जीवन लामाले अभियानलाई थप ससक्त बनाउन अनि गोलबद्ध बनाउन मकैको दाना दाना जोडेर घोया बन्ने प्रशङ्गलाई आत्मानुसासनले जोडनुपर्ने कुरा प्रस्टाउनु भएको थियो
सभामा सो अभियानका केन्द्रीय अभियन्ता केशब जङ्ग पन्त तथा बिश्वहिन्दु महासङ्ग चितवनका अध्यक्षले आफ्नो भनाई राख्नु भएको थियो।