लागु औषध खैरो हेरोईन जस्तो देखिने पदार्थ सहित २ जना नियन्त्रणमा
जिल्ला चितवन भरतपुर महानगरपालिका वडा नं.३ हरियाली टोल स्थितमा लागू औषध लुकाई छिपाई ओसार पसार, सेवन तथा बिक्री वितरण गर्ने कार्य भईरहेको भन्ने विशेष सूचनाको आधारमा यस जिल्ला प्रहरी कार्यालय चितवनबाट प्रहरी टोली खटिई जाँदा जिल्ला चितवन भरतपुर महानगरपालिका वडा नं. ०३ बस्ने बर्ष ३६ को बिकास गुरुङ र बस्ने बर्ष ३० को सुरेश तामाङ उपर शंका लागी निजहरुको शरीर चेकजाँच गर्ने क्रममा निजहरुको साथबाट लागू औषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ ५०० (पाँच सय) मिलिग्राम फेला पारी निजहरुलाई नियन्त्रणमा लिई निजहरु उपर यस कार्यालयमा लागु औषध सम्बन्धि कसूर दर्ता गरी सम्मानित चितवन जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यलयका चितवनका सुचना अधिकारिले बताउनु भयाे।