भलिबल प्रतियोगिता कार्यक्रम सम्पन्न
भरतपुर इङलिस स्कुल सोसाइटी (बेस) द्वारा आयोजित मैत्रीपुर्ण अन्तर विद्यालय शिक्षक भलिबल प्रतियोगिता मा ग्लोरियस एकडेमी प्रथम भएको छ। प्रतियोगितामा अर्किड स्कुल उपविजेता र प्रगती स्कुल तृतीय भएका थिए।
बेस अन्तरगत का १८ विद्यालयका अठार वटा समूह समाबेश भएको यस खेलको अन्तिम प्रतिस्पर्धामा अर्किड स्कुललाई पराजित गरि ग्लोरियस एकडेमी प्रथम भएको थियो । खेल अवधीभर उत्कृष्ट खेल प्रदर्शन गरे बापत उत्कृष्ट खेलाडिको उपाधी ग्लोरियस एकडेमीका तोरण ढकाल प्राप्त गरेका छ्न। खेलमा प्रथम , द्वितीय र तृतीय हुने समुहलाइ क्रमशः १२हजार , ८ हजार र ६ हजार नगद पुरस्कार प्रदान गरिएको थियो।