आज घटस्थापना
नेपालीहरूको महान पर्व बडादशैं आजबाट सुरु भएको छ। आज पहिलो दिन घटस्थापना हो। प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि मनाइने बडादशैँको पहिलो दिन आज घरघरमा वैदिक विधिपूर्वक दियो कलश गणेश स्थापना गरी घटस्थापना गरिन्छ । घटस्थापना साइत बिहान ९ बजेर १६ मिनेटमा शुभ रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ। विधिपूर्वक स्थापना गरेको घडामाथि शक्ति स्वरूपा दुर्गाको पूजा आराधना गरिने भएकोले आजको दिनलाई घटस्थापना भन्ने गरिएको हो। आज स्थापना गरिएको पूर्ण कलश जलले अभिषेक गरी विजयादशीका दिनमा दुर्गादेवीको प्रसाद ग्रहण गरिन्छ ।घटस्थापनादेखि विजयादशमीसम्मको अवधिलाई नवरात्र भनिन्छ ।नवरात्रीको पहिलो दिन शैली शैलपुत्री ,दोस्रो दिन ब्रह्मचारणी ,तेस्रो दिन चन्द्रघण्टा ,चौथो दिन कुस्माण्डा, पाँचौं दिन स्कन्द माता , छैठौँ दिन कल्याणी, सातौं दिन कालरात्री, आठौं दिन महागौरी र सिद्धि दात्रीको पूजा आराधना गरिन्छ असत्यमाथि सत्य दैवी शक्तिको विजयको प्रतीकका रुपमा मनाउने गरिन्छ। दुर्गा पूजा र दशैं पर्व कुनै जात एवं धर्म विशेषको भनी शास्त्री रूपमा प्रमाण नभएको मानव अधिकार कल्याणका पक्षमा काम गर्ने गरिएको धर्मशास्त्रका जानकारहरु बताउँछन। यस वर्षको दशैँको टिका असोज २६ गते शनिबार परेको छ। विजयदशमीको दिन बिहान ८:३३ मिनेटमा देवी विसर्जन गरेपछि ११:३६ मा शुभ साइतमा मान्यजनबाट प्रसादका रुपमा टिका जमरा र फूलप्रसाद ग्रहण गरिने छ ।