अन्तर्राष्ट्रिय अहिंसा दिवसको सन्दर्भमा दीप प्रज्व्लन
मानव अधिकार तथा शान्ति समाज चितवन शाखाले भरतपुरको चौबीस कोठिमा दीप प्रज्वलन गरेको छ।मानव अधिकार तथा शान्ति समाज चितवन शाखाका सभापति पुर्ण चन्द्र चापागाईंको सभापतित्वमा सम्पन्न भएको दिप प्रज्व्लन कार्यक्रममा केन्द्रिय उपसभापति राजेन्द्र पौडेल केन्द्रिय पुर्ब सचिव बाबुहरी आचार्य पुर्ब शाखा सभापति अनन्त ढुंगाना निबर्तमान शाखा सभापति शम्भु राउत शाखा उपसभापति जीवन के सि सह सचिव रुबिशा कोइराला कार्यसमिति सदस्य सुमि गौतम कृति चौधरी लक्ष्मी सुवेदी अधिबक्ता सुमित्रा देवकोटा जानकी क्षेत्री पुर्ब शाखा उपसभापति भवनी अधिकारी पुर्ब शाखा कोषाध्यक्ष तारा पौडेल सदस्य राजेन्द्र प्रसाद वाग्ले झलक प्रसाद अधिकारी सोभाखर भुसाल बलराम तिमल्सिना भोजराज चापागाईं अधिबक्ता श्रीराम सापकोटा रश्मि ढुंगाना कृष्ण बि क अनन्यय के सि अधिबक्ता पबित्रा सुबेदी लगायतको उपस्थिति रहेको थियो भने कार्यक्रम सन्चालन शाखा सचिव जयन्ती प्रसाद उपाध्यायले संचालन गर्नु भएको थियो। उक्त कार्यक्रमको समापन सहितको मनतब्य राख्दै शाखा सभापति पूर्ण चन्द्र चापागाईले देव तथा तपोभूमिमा रहेका हामी नेपाली तथा भारतबर्शमा गौतम बुद्दको जन्म तथा तपोभूमिमा रहेका हामी भारतबर्शबासीहरू मध्येबाट अहिन्साको माध्ययमबाट हरेक समस्याको समाधान हुन सक्छ भन्ने प्रेरणा दिनुभएका भारतीय अहिन्सावादी महात्मा गान्धीको बिचरबाट प्रेरित भैइ उहाको जन्मदिनलाई बिश्व अहिन्सा दिवसको रुपमा इश्वी सन २००७ बाट मनाउदै हाल आएर १८ औ अहिसा दिवस मनाउदा मानव अधिकार तथा शान्ति समाजले २०५३ सालबाट अहिन्साको लक्ष्य लिइ खोलिएको मानव अधिकार तथा शान्ति समाजको बाटो अझ चौडा हुदै गएको र यसबाटोमा नेपाल लगायत बिश्वका सबै मुलुकलाई हिडाउन सके मात्र मानव अधिकारको प्रत्यभूतिमा लम्किएको भन्ने कुरा प्रश्ट हुने पनि बताउनु भयो ।