मानव अधिकार तथा शान्ति समाज चितवन शाखाको २७ औ वार्षिक साधारणसभा सम्पन्न
०५ असाेज २०८१
मानव अधिकार तथा शान्ति समाज चितवन शाखाकाे २७ औ वार्षिक साधारणसभा आज भरतपुरमा सम्पन्न भएको छ । ” बिकासकाे अधिकार अहरणिय अधिकार ” भन्ने बिषयबस्तुमा केन्द्रित भएर सम्पन्न भएको साधारणसभा शान्ति समाज चितवन शाखाका सभापति शम्भु राउतकाे अध्यक्षता र चितवन जिल्ला अदालतका माननीय न्यायाधीश पुष्पराज थपलियाकाे प्रमुख आतिथ्यता तथा केन्द्रीय वरिष्ठ उपसभापति कृष्ण रावल , नेपाली कांग्रेस चितवनका जिल्ला सभापति राजेश्वर खनाल , ने क पा एमालेको प्रतिनिधि अनाेज सुवेदी , पुर्व केन्द्रीय उपसभापति उद्धव लाेहनी , केन्द्रीय उपसभापति राजेन्द्र पाैडेल , केन्द्रीय काेषाध्यक्ष एवं पर्यवेक्षक किरण ढकाल , पुर्व केन्द्रीय सचिव बाबुहरि आचार्य पुर्व केन्द्रीय सचिव श्यामसुन्दर पराजुली ,, मानव अधिकार संजाल चितवनका अध्यक्ष दिपक लामिछाने , मानव अधिकार संगठन चितवनका अध्यक्ष हरि अधिकारी , शान्ति समाजका केन्द्रीय सदस्य बिनाेद अधिकारी , केन्द्रीय सदस्य दिवाकर पुडासैनी , नवलपुर शाखाका सभापति कमल शर्मा , नवलपुर शाखाका निवर्तमान सभापति भानु रिमाल , प्याब्सनका पुर्व केन्द्रीय सदस्य बेल बहादुर गुरुङ , लाेकतान्त्रिक संस्थागत तथा निजि बिद्यालय शिक्षक संघका केन्द्रीय उपमहासचिव देवकान्त काफ्ले लगायतका अधिकारकर्मि हरुकाे उपस्थिति रहेको साे साधारणसभामा शान्ति समाज चितवन शाखाकि उपसभापति भवानी देवी अधिकारीले स्वागत मन्तब्य राख्नुभएको थियोे भने कार्यक्रम संचालन चितवन शाखाका सचिव जीवन केसीले गर्नुभएको थियो ।
सचिव जीवन केसीले प्रस्तुत गर्नुभएको वार्षिक प्रगति प्रतिवेदन र आगामी वार्षिक कार्ययोजना तथा काेषाध्यक्ष तारा पाैडेल प्रस्तुत गर्नुभएको आर्थिक प्रतिवेदन अनुमाेदन पछि तपशिल बमोजिमको मानव अधिकार तथा शान्ति समाज चितवन शाखाकाे नया कार्यसमिति, सभापति पूर्णचन्द्र चापागाईं, उपसभापति जीवन केसी, सचिव, जयन्ती प्रसाद उपाध्याय, सहसचिव रुविसा कोइराला ,कोषाध्यक्ष सुप्रिया सापकोटा सदस्यहरू, खेमराज अधिकारी,तारा परियारको, गाैरि भक्त वाग्ले, विश्वराज ढुङ्गाना, सुमी गौतम, किर्ति चौधरी निर्बिराेधित निर्वाचित हुनु भएकाे छ साधारणसभाकाे अन्त्यमा कार्यक्रमका सभाध्यक्ष , मानव अधिकार तथा शान्ति समाज चितवन शाखाका सभापति शम्भु राउतले धन्यवाद मन्तब्य सहित कार्यक्रम समापन गर्नुभएको थियो ।