दरबन्दी मिलान गर्न कार्यदल गठन गर्दै शिक्षा मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय सामुदायिक विद्यालयका शिक्षकको दरबन्दी मिलान गर्न कार्यदल बनाउने भएको छ।विद्यालयको दरबन्दी मिलान गर्न अध्यावधिक विवरण सहित सुझाव दिन तीन दिनभित्र कार्यदल बनाउन लागिएको हो। विद्यालयमा कति शिक्षक छन् कति आवश्यक छ भन्ने अहिलेको अध्यावधि विवरण आवश्यक भएकोले कार्यदल गठन गर्न लागेका हौँ। महाश्रम शर्माको प्रतिवेदन पुरानो भएकोले नयाँ कार्यदल गठन गर्नुपरेको हो। तथ्याङ्क विभागले ग्रामिण क्षेत्रमा जनसङ्ख्या घटेको तथ्याङ्क सार्वजनिक गरेकोले शर्माको प्रतिवेदन पुरानो भएको शिक्षा मन्त्रीज्यूको भनाइ थियो। अब कति शिक्षक आवश्यक छ भन्ने यकिन गरेर सिफारिस गर्न कार्यदल गठन गर्न लागेको शिक्षा मन्त्रीले बताइन्। शिक्षा मन्त्रालयले २०७५ सालदेखि तथा राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माको संयुक्तमा कार्यदल गठन गरेको थियो।