संविधान दिवस २०८१ उल्लासका साथ सम्पन्न

Spread the love

संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ आज विदेशमा तथा स्वदेशमा विभिन्न कार्यक्रम गरी हर्ष उल्लासका साथ सम्पन्न भएको छ।नेपाली जनताको सात दशक लामो संघर्ष बलिदान जनआन्दोलनको उपलब्धि गठन भएको संविधानसभा विसं २०७२ असोज ३ गते संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भएको थियो। ३५ भाग ३०८ धारा र एक अनुसूचीका प्रतिलिपिबद्ध नेपालको संविधानको संघीय लोकतान्त्रिक गणतन्त्र समावेशी लोकतन्त्र समानुपातिक समावेशी प्रतिनिधित्व धर्म निरपेक्षक लगायत पक्षलाई आत्मसाथ गरेको छ।सम्विधानले लोकतान्त्रिक मूल्य मान्यता आधारित समाजवाद प्रति प्रतिबद्ध रही समृद्ध राष्ट्र निर्माण गर्ने अठोट गरेको थियो। सरकारले संविधान जारी भएको उक्त दिवसलाई प्रत्येक वर्ष संविधान दिवस तथा राष्ट्रिय दिवसको रुपमा मनाउँदै आएको छ। जनताद्वारा जनताको लागि शासन गर्ने सम्पूर्ण संविधान व्यवस्था सहित जारी नेपालको संविधान कार्यान्वयनमा आएको आज नौ वर्ष पूरा भएको छ। संविधान दिवसको खुसियालीमा नागरिक स्तरबाट काठमाडौँको दरबार मार्गमा राष्ट्रिय दिवस सांस्कृतिक उपस्थिति हुनेछ यसैबीच संविधान दिवसको अवसरमा राष्ट्रपति ,प्रधानमन्त्री ,सभामुख, राष्ट्रिय सभाका अध्यक्ष विभिन्न शीर्ष नेताहरूले शुभकामना सन्देश मार्फत उल्लासमय वातावरणमा राष्ट्रिय दिवस भव्य रुपमा मनाउन आम जनसमुदायलाई आह्वान गर्नुभएको छ। सरकारले संविधान दिवसको अवसरमा दीपावली मनाउन राष्ट्रिय झण्डा फहराउन सबैमा आह्वान समेत गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *