चेपाङ महासङ्घ को पहलमा सामूहिक न्वागि उत्सव मनाउँदै
राष्ट्रिय जनगणना २०७८ का अनुसार नेपालमा ८४ हजार ३६४ चेपाङ समुदाय रहेका छन् । सबैभन्दा थोरै चितवनमा ३५६३७ चेपाङ समुदायका मानिस हरु बसोबास गर्छन् ।यसै गरि मकानपुरमा २३ हजार ६५ ० धादिङमा १७ हजार १६० र गोरखामा ४ २६८ जना बसोबास गर्छन् ।चेपाङ्गहरूकाे राष्ट्रिय पर्व नुवागीका अवसरमा बागमती प्रदेश सरकारले विसं २०७९ देखि चितवन मकवानपुर र धादिङ तीन जिल्लामा भदौ २२ गते सार्वजनिक बिदा समेत दिँदै आएको छ । २०६३ सालदेखि चेपाङ महासङ्घको पहलमा सामूहिक रूपमा उत्सवकै रुपमा न्वागी मनाउँदै आएको भदौ २२ गते सामूहिक रूपमा न्वागि मनाउदै आएतापनि कुल अनुसार चेपाङ समुदायले भदौको पूर्णिमादेखि महिनाभर मनाउने परम्परा रहेको छ । चेपाङ समुदायले पितृलाई र पूजा नगरी नयाँ फलफुल र अन्नपात खानु हुँदैन भन्ने मान्यता छ। घैया धानकाे चामल कागुनो पीडालु लगायत अन्य अन्य फलफुल पित्रीलाई चढाउने गरिन्छ । यो पर्व चेपाङ्ग समुदायले अन्न खान सुरु गर्ने दिनको रुपमा लिन्छ। झाँक्री ढ्याङ्ग्रो ठोक्दै कुखुराको बलिदिने चलन छ । यस दिन चेपाङ समुदायले कुनै काम नगरी रमाइलो गर्छन् । नाता कुटुम्बलाई पनि निम्तो गरेर सामूहिक रूपमा भोज खुवाउने चलन छ ।