लागुऔषध सहित २ जना मानिस प्रकाउ
प्रहरी कार्यालय खैरहनी बाट खटिएको प्रहरी टोलीले जिल्ला चितवन खैरहनी नगरपालिका वडा नं. ८ चैनपुरचोक स्थित सडकखण्डमा ना १५ प ९३३६ नम्बरको मोटरसाईकल लाई रोकि चेक जाँच गर्दा मोटरसाईकल चालक जिल्ला चितवन रत्ननगर नगरपालिका वडा नं. ०४ बस्ने बर्ष २६ को सौरभ श्रेष्ठ र पछाडि सवार खैरहनी नगरपालिका वडा नं. ०८ बस्ने बर्ष १९ को उमेश प्रसाद दासले लुकाई छिपाई ल्याएको लागुऔषध Tramadol hydrochloride capsules IP ३९९ क्याप्सुल र Nitravat २६६ ट्याब्लेट र निज हरुले प्रयोग गरेको मोटरसाईल सहित नियन्त्रणमा लिई चितवन जिल्ला अदालत बाट दिन ५ म्याद थप गरी अनुसन्धान भइ रहेको जिल्ला प्रहरी कार्यलय चितवनका सुचना अधिकारिले बताउनु भयाे ।