शान्ति समाज केन्द्रीय कार्यालय भवन उद्घाटन सम्पन्न

Spread the love

पुर्णचन्द्र चापागाई

विकासको अधिकार आधारभूत मानव अधिकार हुनुका साथै लोकतन्त्र र शान्तिसँग सम्बन्धीत रहेको विख्यात नागरिक अगुवा डा. देवेन्द्रराज पाण्डेले बताउनुभएको छ । २०८१ साउन १७ गते काठमाण्डौ महानगरपालीका–८ वाग्मतीनगरस्थित मानव अधिकार तथा शान्ति समाज केन्द्रीय कार्यालय भवनको उद्घाटन गर्दै नागरिक स्वाभिमान विकाससँगै जोडिएको प्रसंग उल्लेख गर्दै शान्ति समाजले विकासको अधिकारमा केन्द्रीत रहि थालेको देशव्यापी अभियानको सफलताको कामना गर्नुभएको थियो । शान्ति समाजका सभापति रामकृष्ण बरालको सभापतित्वमा सम्पन्न कार्यक्रममा समाजका पूर्व सभापति तथा सल्लाहकार उत्तम पुडासैनी, पूर्व सभापतिहरु होमकान्त चौलागाई र डा. गंगाधर अधिकारी, संस्थापक सदस्य कृष्ण कँडेल, महासचिव रेनुका पौडेलले मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रममा संविधानसभा सदस्य, राष्ट्रियसभा सदस्य, प्रदेश सभा सदस्य लगायत विभिन्न निकायका प्रतिनिधिहरुको सहभागिता थियो ।
यसैबीच विकासको अधिकार अहरणीय अधिकार भन्ने मूल नारासहित मानव अधिकार तथा शान्ति समाजले देशव्यापी अभियान प्रारम्भ गरेको छ । यहि मूल नारामा केन्द्रीत रहि वर्ष २०८१ को शान्ति समाजको जिल्ला साधारणसभाहरु हुने भएको छ । यस क्रममा साउन १२ गते काठमाण्डौ शाखाको साधारणसभा सम्पन्न भइसकेकोे छ ।
विकासको अधिकार अन्तर्गत शान्ति समाजले पहिलो चरणमा कर्णालीको उत्थान र विकासमा योगदान गर्न र हुलाकी मार्ग शिघ्र सम्पन्न गर्न ध्यानाकषर्ण गराउदै आएको छ ।