मानव वेचविखन नियन्त्रण तथा रोकथाम सम्बन्धी सचेतनामुल प्रशिक्षण कार्यक्रम सम्पन्न
चितवन भरतपुर.वडा नं.२ आंपटारी स्थित मिलन टोल विकास संस्थाको सभाहलमा अन्तराष्ट्रिय मानव वेचविखन विश्व दिवसको अवसरमा“ Leave No Child Behind in the Fight Against Human Trafficking”भन्ने मुल नाराका साथ न्यू लाईफ मिसन नेपालको आयोजना तथा जिल्ला प्रहरी कार्यालय चितवन मिलन टोल विकास संस्था, हाम्रो दृष्टि राम्रो दृष्ट्रिको संयुक्त सहकार्यमा मानव वेचविखन विरुद्व सचेतनामुलक कार्यक्रम सम्पन्न भयाे । कार्यक्रमको न्यू लाईफ मिसन नेपालको अध्यक्ष निशा सिंह परियारकोअध्यक्षता रहेको कार्यक्रममा जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायव उपरीक्षक श्रीराम भण्डारीको प्रमुख आतिथ्यता रहेको थियो भने स्थानिय जनप्रतिनिधी, मिलन टोल विकास समितीका अध्यक्ष लगायत अन्य पदाधिकारीहरु, सामुदायिक सेवा केन्द्र नारायणगढका पदाधिकारी, विभिन्न संघ-संस्थाका प्रतिनिधी र स्थानिय वासिन्दाहरु समेतको सहभागितामा जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायव निरीक्षक रिमा कोईरालाले “मानव वेचविखन नियन्त्रण तथा रोकथाम सम्बन्धी सचेतनामुलक”प्रशिक्षण कार्यक्रम सम्पन्न गर्नु भएकाे जिल्ला प्रहरी कार्यलय चितवनले जनाएकाे छ ।