श्रद्धाञ्जली सभा सम्पन्न

Spread the love

  गिरिजाप्रसाद कोइराला फाउन्डेसन भरतपुर महानगर समितीका अध्यक्ष नेत्र नारायण आचार्य एवम खडानन्द रामचन्द्र र जमुना अर्यालको पुजनिय बुवा स्व.इमानाथ आचार्य स्वर्गारोहण हुनुभएको सातौ दिनको पुण्य तिथिमा आज भरतपुर ५ तोरीखेत, सितारामचोक स्थित निवासमा गिरिजाप्रसाद कोइराला फाउन्डेसन,भरतपुर महानगर समितीद्वारा स्वर्गीय आत्माको चिर शान्तिको कामनाको लागि श्रद्धाञ्जली सभाको आयोजना गरिएको थियो ।
फाउन्डेसनको महानगर समिती उपाध्यक्ष कल्पना क्षेत्रीको अध्यक्षतामा भएको उक्त शोक सभामा  प्रदेश सरकारका पुर्व स्वास्थ्य मन्त्री उत्तम जोशी, पुर्ब महासमिति सदस्य, गिरिजा प्रसाद कोइराला फाउन्डेसन जिल्ला अध्यक्ष कमल आचार्य, ने का जिल्ला सह सचिव गोपाल दराइ , शिक्षक संघ जिल्ला अध्यक्ष इन्दिरा मर्हठ्ठा  लगायत ने का का बिभिन्न तहगत संरचनाका पदाधिकारी एबम सदस्यको उपस्थिति रहेको थियो । श्रद्धाञ्जली सभाको सहजिकरण सचिब  सुरेश बाबु ढकालले गर्नु भएको गिरिजा प्रसाद फाउन्डेसन जिल्ला अध्यक्ष कमल आचार्यले बताउनु भयाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *