निशुल्क मानसिक स्वास्थ्य शिविर कार्यक्रम सम्पन्न

Spread the love

वडा न. ११ स्थित लोटस एकेडेमी स्कुलको सभाहलमा चितवन एड ट्रष्ट-युके (CAT/UK) को सहयोग तथा चितवन साईक्याट्रिक नर्सिङ एण्ड रिसर्च सोसाईटीको आयोजना एवं जिल्ला प्रहरी कार्यालय चितवन र लोटस एकेडेमीसंगको संयुक्त सहकार्यमा निःशुल्क मानसिक स्वास्थ्य शिविर कार्यक्रम प्रमुख जिल्ला अधिकारी ईन्द्र देव यादवज्यूको प्रमुख आतिथ्यतामा जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक भावेष रिमाल प्रहरि नायब उपरिक्षक. श्रीराम भण्डारी, भरतपुर महानगर पालिका. ११ नं वडा अध्यक्ष कमल बहादुर मल्ल, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं पदाधिकारी, लगायत भरतपुर महानगर पालिका वडा नं. ११ का टोल विकास संस्थाका अध्यक्ष एवं पदाधीकारीहरु, विद्यालयका शिक्षक/ शिक्षिका/ विद्यार्थी, सामाजीक अभियान्ता स्थानीय समेत गरी अ. १६० जनाको सहभागीता रहेको र उक्त कार्यक्रममा सोही विद्यालयमा कक्षा ७ र ८ मा अध्ययनरत छात्र छात्राहरु द्धारा मानसिक समस्या हुन सक्ने सम्भावित कारण,पहिचान र निराकरणका उपायहरुको सम्वन्धमा सचेतनामुलक नाटक प्रदर्शन गरिएको तथा प्रमुख अतिथी प्रमुख जिल्ला अधिकारी ईन्द्र देव यादव प्रहरी उपरीक्षक भावेश रिमाल लगायत वक्ताहरुले मानसिक समस्या, कारण र समाधानका विषयमा महत्वपुर्ण भनाई राख्नुका साथै साईक्याट्रिक नर्सिङ एण्ड रिसर्च सोसाईटी चितवनद्धारा मनोसामाजीक परामर्श सहित मानसिक स्वास्थ्योपचार कार्यक्रम समापन भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *