लागुऔषध मोटरसाईकल र नगद सहित ३ जना नियन्त्रणमा
सूचनाको आधारमा इलाका प्रहरी कार्यालय टाँडी चितवन बाट खटिएको प्रहरी चेकिङ टोलिले सालघारीचोक स्थितमा ना ६१ प ७१३४ नं.को मोटरसाइकल लाई रोकि चेक जाच गर्दा उक्त मोटरसाइकल चालक जिल्ला चितवन राप्ती न.पा. वडा नं. २ बस्ने बर्ष २६ को बुद्धीराज सिलवाल र सोहि मोटरसाईकल पछाडी सवार ऐ.ऐ.बस्ने बर्ष २४ को राजन परियारले लुकाई छिपाई ल्याएको लागुऔषध Tramadol Hydrochloride Capsules IP 50 mg (TRAMANIL) २०७० क्याप्सुल र प्रतिबन्धित औषधी Promethazine Hydrochloride Tablets IP (Anargan – 25) २०३० ट्यावलेट फेला पारी प्रारम्भिक अनुसन्धान गर्दा उक्त लागूऔषध जिल्ला चितवन कालिका न.पा.वडा नं. ०१ बस्ने कान्छा श्रेष्ठ भन्ने योग नारायण श्रेष्ठवाट खरिद गरेको खुल्न आएको हुँदा निज कान्छा श्रेष्ठ भन्ने योग नारायण श्रेष्ठलाई तत्काल नियन्त्रणमा लिई चेक जाच गर्दा Tramadol Hydrochloride Capsules IP 50 mg (TRAMANIL) १०० क्याप्सुल र प्रतिबन्धित औषधी Promethazine Hydrochloride Tablets IP (Anargan – 25) २४० ट्यावलेट र लागूऔषध बिक्रि बितरण गरी सञ्चय गरेको नेपाली रुपैया जम्मा ५,५४,७५०।– (पाँच लाख चौवन्न हजार सात सय पचास रुपैया) फेलापरेको हुँदा निजहरु तिनै जनालाई उक्त लागुऔषध, नगद र मोटरसाईकल सहित नियन्त्रणमा लिई मिति २०८१।०४।११ गते सम्मानित चितवन जिल्ला अदालत बाट दिन ६ म्याद थप गरी अनुसन्धान भइ रहेको जिल्ला प्रहरी कार्यलय चितवनले जनाएकाे छ ।