अबिरल बर्षाका कारण नारायणगढ मुग्लिङ सडक खण्डको टोपे खाेलामा पहिराे र मानबिय क्षति

Spread the love

पूर्ण चन्द्र चापागाई

चितवन नारायणगढ मुग्लिङ्ग सडक खण्डकाे टाेपेखाेला र कालिखोला पुल नजिक २८ असार, २०८१ अबिरल बर्षाका कारण नारायणगढ मुग्लिङ सडकखण्डको टोपे खोला र कालिखोलाको बीचमा खसेको पहिरोको कारण हिजो रातिदेखि काठमाण्डौ पोखरा जाने आउने यात्रुहरू सडक कतिबेला खुल्छ भनेर ब्यग्र प्रतिक्षामा हुनुहुन्छ । टोपेखोलाबाट ३ कि मी नारायणगढतर्फ भने घुमाउने भन्ने ठाउमा आजै बिहान करिब ०३:०० बजेको समयमा पहिरोकै कारण दुइवटा बस त्रीसुलिनदीमा खसेको र उक्त दुइ गाडीमा ५२ जना यात्रु र चालक समेत गरेर रहेको कुरा यस क्षेत्रमा सुरक्षामा खटिनु भएका प्रहरीहरू बताउनुहुन्छ । ५२ जना मध्ये ३ जनालाई निकालिएको र बाकीको लागि खोलि कार्य तिब्र रुपमा भैरहेको छ समेत यस क्षेत्रमा सुरक्षामा खटिनु भएका प्रहरीको भनाइ रहेको छ भने । बाटो खोल्नको लागि प्रत्यके ठाउमा जे सी भि हरूको ब्यबस्था गरेको र खसेको पहिरोलाई फाल्ने काम समेत भैरहेको छ । अबको करिब २ देखि /३ घण्टासम्ममा बाटो खुल्ने सम्भवाना रहेकाे जिल्ला प्रहरी कार्यलय चितवनले जनाएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *