आधारभूत विद्यालय लगौटा प्रा •बि•मा११० जना विद्यार्थीहरूलाई शैक्षिक सामाग्रि बितरण
पूर्ण चन्द्र चापागाई
श्री आधारभूत विद्यालय लगौटा भरतपुर १७ का १ देखि ५ सम्म ११० जना विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरिएको थियो । सभापति गिरिजा प्रसाद कोइराला फाउन्डेसन फर डेमोक्रेसी, पिस एण्ड डेभलभमेन्ट भरतपुर महानगर समितिका अध्यक्ष श्री नेत्र नारायण आचार्यको अध्यक्षतामा उक्त कार्यक्रम भएको थियो । प्रमुख अतिथि ने.का. केन्द्रीय सदस्य तथा चितवन जिल्ला पूर्व सभापति श्री टेक प्रसाद गुरुङ विशिष्ठ अतिथि निवर्तमान जिल्ला सभापति श्री जित नारायण श्रेष्ठ फाउण्डेसन जिल्ला अध्यक्ष श्री कमल आचार्य लगायत ने.का. जिल्ला उपसभापति राजिव न्यौपाने, शालिकराम पौडेल, बाग्मती प्रदेश, सभापति, जिल्ला पदाधिकारी, क्षेत्र,नगर,प्रदेश, ट्रेड युनियन, शिक्षक संघ, किसान संघ,वडा सभापतिहरु वडा नं.१७, वडाध्यक्ष वडा नं. १७, महासमिति सदस्य, विभिन्न नेतागण,व्यबस्थापन अध्यक्ष, प्र.अ., शिक्षक, शिक्षिका उपस्थिति रहेको थियो । उक्त कार्यक्रममा वक्ताहरु महासमिति सदस्य चन्द्रध्वज गुरुङ, जिल्ला उपसभापति राजिव न्यौपाने,प्रदेश माननीय श्री गिता गुरुङ,निवर्तमान सभापति जितनारायण श्रेष्ठ लगायतका हुनुहुन्थ्यो भने प्रमुख अतिथिमा श्री टेक प्रसाद गुरुङ, कार्यक्रमका सभापति नेत्रनारायण आचार्य हुनुहुन्थ्यो । शिखर पुरुष गिरिजा प्रसाद कोइरालाको १०० औं जन्मजयन्ती मनाउने क्रममा तिनै श्रमिक मजदुरका बाबुनानीहरुलाई शैक्षिक सामग्री वितरण गरिएको थियो । यस कार्यक्रमको सञ्चालन यसै फाउण्डेसनका सचिव सुरेश बाबु ढकालले गर्नुभएको थियो । कार्यक्रममा गिरिजा प्रसाद कोइरालाले नेपाल र नेपालीका लागि साथै नेपाली काङ्ग्रेस पार्टीका लागि गर्नु भएको योगदानको बारेमा चर्चा गरिएको थियो । राणाको विरोध गर्दा प्रवास जिवन बिताउँदै गर्दा भारतमा जन्मनुभएका गिरिजा प्रसाद कोइरालाले नेपालको राणादेखि पञ्चायती व्यबस्था फाल्न र शान्ति सम्झौता गरी नेपाली दाजुभाइ, दिदीबहिनीको रगतको खोलोबग्नबाट रोक्नु भएकोसम्मको योगदाको चचा गर्नुभएको थियो । महानगर स्तरीय समिति बनेको १२ औं दिन हुँदै गर्दा गरिएको सहयोग कार्यक्रममा दाताहरु युनिक स्टेशनरी,हरि प्रसाद पौडेल, रोयल उड पार्केट, इन्द्रमणी गैरे, तुलाराम गुरुङ, बद्धिकान्त न्यौपाने, नमस्ते फ्लेक्स नारायणगढ र कार्यसमिति सदस्यहरुबाट समेत सौजन्य सामान तथा सामान खरिदको लागि आर्थिक सहयोग प्राप्त भएको कुरा महानगर समितिका अध्यक्ष श्री नेत्र नारायण आचार्यले बताउनु भयो ।