लागुऔषध सहित २ जना नियन्त्रणमा
सूचनाको आधारमा इलाका प्रहरी कार्यालय टाँडी चितवनबाट खटिएको प्रहरी टोलिले जिल्ला चितवन खैरहनी नगरपालिका वडा नम्बर ६ हाजिपुरस्थित खोलाको किनारमा ध २ प १५६७ नं. को मोटरसाईकललाई रोकी चेकजाँच गर्दा उक्त मोटरसाईकल चालक जिल्ला बाग्लुङ बाग्लुङ नगरपालिका वडा नम्बर १२ घर भई हाल जिल्ला चितवन खैरहनी नगरपालिका वडा नम्बर ६ बस्ने वर्ष १९ को प्रतिक भेटवाल र सोही मो.सा. मा सवार जिल्ला चितवन खैरहनी नगरपालिका वडा नम्बर ५ बस्ने वर्ष २१ को युकेश खत्रीले लुकाई छिपाई ल्याएको लयाएको लागुऔषध ट्रामाडोल ३०० ट्याब्लेट र नाईट्राजेपाम २४ ट्याब्लेट फेला परेको हुँदा निजहरुलाई उक्त लागुऔषध सहित नियन्त्रणमा लिई सम्मानित चितवन जिल्ला अदालतबाट दिन ७ म्याद थप गरि अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यलय चितवनका सुचना अधिकारिले बताउनु भयाे ।