सुनचाँदी पसल चोरी भएको घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यलय चितवनकाे छानबिन सम्पन्न

Spread the love

जिल्ला चितवन, कालिका नगरपालिका वडा नं. ६ खोले सिमल स्थित तेज प्रसाद खनालको घरको पहिलो तल्लामा बिनोद सुनारले सञ्चालन गर्दै आएको बिनोद सुनचाँदी पसलमा अज्ञात २ (दुई) जना पुरुष व्यक्तिहरु नम्बर नखुलेको मोटरसाईकल चढी आई उक्त सुनचाँदी पसलमा बसिरहेका पसल व्यवस्थापक विजय विश्वकर्मा र बापिधर गौतमलाई धारिलो हतियार खुकुरी र चक्कु घाँटीमा राखी डरत्रास धाकधम्की देखाई पसल भित्र राखिएको रू. २,१७,५४,४१५/- (दुई करोड सत्र लाख चौवन्न हजार चार सय पन्ध्र रुपैयाँ) बराबरको सुनचाँदी र हिराको विभिन्न डिजाईनका गरगहनाहरू लुटपाट गरी लगेको ।

पक्राउ भएका व्यक्तिहरुको विवरण:
१) नाम थर : बिनोद सुनार
उमेर : ३५
ठेगाना : जिल्ला चितवन, कालिका न.पा., वडा नं. ६
बुबाको नाम: बाडा सुनार
पक्राउ मिति : २०८१/०३/१७ गते
भुमिका : बिनोद सुन चाँदी पसलका संचालक (आफै मुख्य योजनाकार)
२) नाम थर : विजय विश्वकर्मा
उमेर : २५
ठेगाना : जिल्ला चितवन, कालिका नगरपालिका वडा नं. ०७
बुबाको नाम: गुप्त विश्वकर्मा
पक्राउ मिति : २०८१/०३/१७ गते
भुमिका : बिनोद सुन चाँदी पसलका मेनेजर (चोरी गर्न सहयोग गर्ने)

३) नाम थर : पुर्ण बहादुर विश्वकर्मा
उमेर : ५०
ठेगाना : जिल्ला तनहुँ, म्याग्दी गा.पा. वडा नं. ०७
बुबाको नाम: हर्क बहादुर कामी
पक्राउ मिति : २०८१/०३/१८ गते
भुमिका : बिनोद सुन चाँदी पसल चोरी गर्ने व्यक्ति
४) नाम थर : पवन कुमार पासवान
उमेर : १८ वर्ष
ठेगाना : जिल्ला बारा बारागढी न.पा. वडा नं. ०४
बुबाको नाम: रविन्द्र पासवान
पक्राउ मिति : २०८१/०३/१८ गते
भुमिका : बिनोद सुन चाँदी पसल चोरी गर्ने व्यक्ति

५) नाम थर : अन्जना पुडासैनी के.सी.
उमेर : ४२
ठेगाना : जिल्ला चितवन, कालिका न.पा., वडा नं. ६
बुबाको नाम: पर्शुराम पुडासैनी
पक्राउ मिति : २०८१/०३/१७ गते
भुमिका : बिनोद सुन चाँदी पसलका संचालक बिनोद सुनारको मिल्ने साथी (चोरी गरेको धनमाल लुकाउन सहयोग गर्ने)

खूल्न आएका थप कुराहरु :
बिनोद सुन चाँदी पसलका संचालक बिनोद सुनार स्वमंले झूटा चोरी तथा लुटपाट गर्ने योजना बनाई बीमा रकम ठगी तथा विभिन्न व्यक्तिहरुबाट लिएको ऋण रकमहरु चोरी भएको देखाई जालसाजी गरी फाईदा लिने मनसायले लुटपाट गर्न लगाएको ।
बिनोद सुनारले लुटपाटको लागि पुर्ण बहादुर बिश्वकर्मालाई Contract दिएको
पुर्ण बहादुर बिश्वकर्मा र पवन कुमार पासवानले राती अं.२०:२० बजेको समयमा मोटर साईकलमा आई लुटपाट गरेको ।
पसलका मेनेजर बिजय बिश्चकर्माले चोरी गर्न आउनेलाई सहयोग गरेको ।
पुर्ण बहादुर बिश्वकर्मा र पवन कुमार पासवानले चोरी गरी लगेको सुन गहनाहरु लुकाउनको लागि बिनोदले बताए बमोजिम अन्जना पुडासैनी, के.सी. लाई दिएको ।
घटनाको दुई दिन पछी अन्जनाको घरमा गई बिनोदले उक्त सुन गहनाहरु लिई गएको । जिल्ला प्रहरी कार्यलय चितवनकाे सुचना अधिकारिले बताउनु भयाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *