हुलाकी सडक मार्ग-तराई मधेशको जीवन रेखा
पूर्ण चन्द्र चाागाई
सन् १९८६ को डिसेम्बर ४ का दिन राष्ट्रसंघ महासभाले विकासको अधिकारसम्बन्धी घोषणापत्र ग्रहण गरेको थियो । विकासको अधिकारलाई मानव अधिकारको रुपमा स्वीकार गर्ने दिशामा यो एक महत्वपूर्ण कदम थियो । प्रारम्भमा नागरिक तथा राजनीतिक अधिकार र आर्थिक सामाजिक एवं सांस्कृतिक अधिकार र त्यसपछि शान्तिको अधिकार, स्वच्छ वातावरण उपभोग गर्न पाउने अधिकार र विकासको अधिकारलाई राष्ट्रसंघले ग्रहण गर्दै अघि बढेको देखिन्छ । १० वटा धाराहरु भएको विकासको अधिकारसम्बन्धी घोषणापत्रको प्रस्तावनामा “विकास एउटा वृहत आर्थिक, सामाजिक, सांस्कृतिक तथा राजनीतिक प्रक्रिया हो जसले, सम्पूर्ण जनसंख्या र सबै व्यक्तिहरूको विकासमा र त्यसबाट प्राप्त प्रतिफलको उचित बाँडफाँडमा सक्रिय, स्वतन्त्र र अर्थपूर्ण सहभागिताको आधारमा उनीहरूको कल्याणको निरन्तर सुधार गर्ने उद्देश्य राख्दछ” भन्ने कुरालाई स्वीकार गरिएको छ । यसैगरी घोषणापत्रको धारा १ मा “विकासको अधिकार अहरणीय अधिकार भएको उल्लेख छ ।”
विकासको अधिकार अन्तर्गत मानव अधिकार तथा शान्ति समाजले तराई मधेशको जीवनरेखा हुलाकी सडकमार्ग र कर्णालीको उत्थानमा केन्द्रीत रहि दुई वटा अभियान सञ्चालन गरिरहेको छ । यस सम्बन्धमा २०८० पुस २०-२१ गते वीरगञ्जमा सम्पन्न शान्ति समाजको राष्ट्रिय परिषद् बैठकद्वारा पारित प्रस्ताव यस प्रकार छ-
तराई मधेशको जीवन रेखा-हुलाकी सडक मार्ग शिघ्र सम्पन्न गर्न ध्यानाकर्षणः
नेपालको सबैभन्दा पुरानो सडक मार्गको नाम हो हुलाकी सडक । बाक्लो जंगल रहेको तत्कालिन परिवेशमा नेपाल भारत सीमा नजिक रहेका बस्तीहरुमा हुलाकीले छोटो दुरी तय गरी एक ठाँउबाट अर्को ठाँउमा चिड्डी पुऱ्याउने बाटो नै हुलाकी सडकको रूपमा स्थापित भएको देखिन्छ । राणा शासन कालमा सो क्षेत्रमा विभिन्न खण्डमा बनेको सडक २००७ सालको राजनीतिक परिवर्तनपछि जिर्णोद्धार भएको थियो भने २०६३ को राजनीतिक परिवर्तनपछि हजार किमिभन्दा बढी लम्बाई भएको हुलाकी सडकको पुननिर्माणले गति प्राप्त गरेको हो। यस क्रममा भएको सम्झौता अन्तर्गत हुलाकी सडकसँगै महेन्द्रराजमार्गसँग जोड्ने सयौँ किमि लामो लिंकरोड निर्माण पनि रहेको थियो ।
हुलाकी सडक निर्माण कार्य ५० प्रतिशत भन्दा बढी सम्पन्न भएता पनि केही स्थानमा सडकसँगै पुल पनि निर्माणाधीन अवस्थामा रहेकोले आवतजावतमा कठिनाई रहेको छ । खासगरी पूर्वको कन्काई, बेरिङ्गमा यही कारणले झापाबासीले सास्ती भोग्नु परेको छ भने मधेश प्रदेशमा कमला पूल धसेकोले जनकपुर राजविराजबीचको बाटो बने पनि आवतजावत हुन सकेको छैन । यसैगरी वातावरणीय विषयका कारण (अदालतमा मुद्दा परेको ठोरीदेखि नवलपरासीसम्मको क्षेत्रमा काम हुन सकेको छैन ।
नेपालको आधा भन्दा बढी जनसंख्याको बसोबास तराई मधेशमा रहेको छ । हुलाकी सडक तराई मधेशको जीवन रेखा हो । सबैभन्दा पुरानो सडकका रुपमा रहेको हुलाकी सडकमार्ग २०६३ सालपछि १७ वर्ष वितिसक्दा समेत पूर्ण रुपमा निर्माण सम्पन्न भएको छैन । यसले गर्दा तराई मधेशका नागरिकले सास्ती भोगिरहनुपरेकोप्रति गम्भीर चिन्ता व्यक्त गर्दै मानव अधिकार तथा शान्ति समाजको यो राष्ट्रिय परिषद् बैठक निम्न आग्रह गर्दछः
क. हुलाकी सडकमार्गले शिघ्र पूर्णता पाउनुपर्छ ।
मेचीदेखि महाकालीसम्म हुलाकी सडकसँग महेन्द्र राजमार्ग जोड्ने लिंकरोडले पूर्णता पाउनुपर्छ ।
ख. ग. हुलाकी सडकले छोएका क्षेत्रहरुमा वातावरण र कृषीमैत्री नीति अवलम्बन गरी अन्तर्राष्ट्रिय स्तरको बस्ती विकासको आधुनिक मापदण्ड कायम गर्नुपर्छ । साथै कृषि संरक्षित क्षेत्र घोषणा गर्नुपर्छ ।
मेचीदेखि महाकालीसम्म हुलाकी सडकखण्डमा सुचना प्रविधिको विकास र विस्तारका साथै सुचना प्रविधिको
हवका रुपमा अत्याधुनिक शहरहरु स्थापना गर्नुपर्छ ।
ङ. सो क्षेत्रमा उद्यम र उद्योगमैत्री नीति अवलम्वन गर्नुपर्छ । वातावरण संरक्षण सदैव प्राथमिकता हुनुपर