विद्यालय सँग सामुदायिक वन शिक्षामा हाम्रो योगदान

Spread the love

पूर्ण चन्द्र चापागाई

वार्षिक कार्ययोजनामा समावेश गरि भरतपुर ११ का ५ वटै सामुदायिक विद्यालयहरूमा स्थापना गरिएको नवजागृति सामुदायिक वन अक्षयकोषमा यस वर्ष पनि रकम थपगर्ने निति अनुरूप आज एक कार्यक्रम गरी भरतुर ११ का वडा अध्यक्ष श्री कमल बहादुर मल्ल काे आतिथ्यतामा विद्यालय ब्यवस्थापन समितिका अध्यक्षज्यूहरू र प्र.अ.ज्यूहरूलाई रकम (चेक) हस्तान्तरण गरियो । हस्तान्त्रण भएका बिध्यालय ।
१. नयाँकिरण कमलकुसुम मा.वि. रू.१ लाख
२. सिद्दिविनायक मा.वि. रू.१ लाख
३. हिमालय आ.वि. रू.७५ हजार
४. जखडिमाई आ.वि. रू.५० हजार
५. सिद्दिवनकल्याण आ.वि. रू.५० हजार
गतवर्ष पनि माथि उल्लेखित अनुसाकै अक्षयकोषकाे लागि रकम प्रदान गरिएको थियो । भर्खरै मात्र महिला लक्षित उद्घाेषण तालिम सम्पन्न गरेको नवजागृति सामूदायिक वनले इकोपार्क हस्तान्तरण दिवसमा पनि बृक्षारोपण कार्यक्रम गरी मनाएको थियो । भरतपुर ११ को एउटा उदाहरणीय सस्थाको रुपमा आफ्नो परिचय स्थापित यो वन समूहमा सबै राजनैतिक दल, जातजाति, समूह, बर्ग, लिङ्ग समेतको अगुवाइ गर्ने र सबैको एक एकको सबै भन्ने नारालाई चरितार्थ गर्ने हरसम्भव प्र्यत्न गरेको कुरा सास्थाका ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *