सफल भविस्य प्रा• लि •द्वारा गरिव प्रजा बस्तिमा कपडा बितरण
टिकाराम भण्डारी
चितवन राप्ती नगर पालिका वडा नं ११ याैरालिटार ,१२ तापाङ्ग, १३ काे वासवाङ्गमा बसाेबास गर्ने प्रजा बस्तिमा सफल भविस्य प्रा •लि• का अध्यक्ष तथा चिरफार खवरका प्रधान सम्पादक देवराज थपलियाद्वारा १६६८ जाेर कपडा बितरण गरिएको छ । कार्यक्रममा राप्ति नगर पालिकाका नगर प्रमुख शमसेर लामा प्रमुख अतिथि हुनुहुथ्याे । प्रमुख अतिथि लामाले वडा नं ११ याैरालिटार ,१२ तापाङ्ग , १३ वासवाङ्गमा बितरण गरिएको कपडाले धेरै स्थानिय समुदाय अत्यन्तै खुशी रहेको बताउनुभयो । कपडा वितरणकै क्रममा वासवाङ स्वास्थ चौकी बर्थ प्लेसमा र राष्ट्रिय आधारभुत विद्यालय वासवाङ साथै आधारभुत विद्यालय गुन्दीका विद्यार्थी हरुलाइ समेत स्कुल कपडा वितरण गरिएको थियो । नगर प्रमुख लामाले सफल भविश्य प्रा.लि.लाई विशेष धन्यवाद पत्र सहित आगामी दिनमा पनि यस्तै मानिसहरुको आत्म खुशी बनाउदै अघि बढ्न प्रेरणा समेत दिनुभयो।