५८ कार्टुन भेप तथा भेपको फ्लेवरहरू सहित ५ जना मानिसहरु नियन्त्रणमा

Spread the love

जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट प्रहरी उपरीक्षक सीताराम रिजाल समेतको कमाण्डमा संयुक्त रुपमा खटिएको प्रहरी टोलीले जिल्ला मकवानपुर हेटौडा उप महानगरपालिका वडा नं. ११ थानाभर्‍याङ स्थित सडक खण्डमा काठमाण्डौबाट हेटौडा हुँदै भारतको दिल्ली तर्फ जानको लागि आउदै गरेको ना ६ ख ७१६३ नं.को यात्रु बाहक बसलाई रोकी बसमा रहेका भारतिय यात्रुहरुलाई बसबाट ओराली शंकास्पद व्यक्तीहरु बस चालक सहित ५ जनालाई नियन्त्रणमा लिई उक्त बसको रित पुर्वक खानतलासी गर्दा सो बसको पेसेन्जर बस्ने सिट माथी सिलिङको भागमा फल्स वटम बनाई सो फल्स बटम भित्र अबैध भन्सार छली चोरी पैठारी गरी ल्याईएको अ. मुल्य रू.२,७१,२१,७८०/- ( दुई करोड एकहत्तर लाख एक्काईस हजार सात सय असि रुपैया) मुल्य बराबरको अबैध भन्सार छलि चोरी पैठारी गरी ल्याएको ५८ कार्टुन भेप तथा भेपको फ्लेवरहरू फेला परेको हुँदा उल्लेखित भेपका समानहरु, ना ६ ख ७१६३ नं.को बस सहित तपशिलमा उल्लेखित निम्न व्यक्तीहरुलाई नियन्त्रणमा लिई थप अनुसन्धान तथा कारबाहीको लागि राजस्व अनुसन्धान कार्यालय पथलैया बारा पठाउने कार्य भई रहेको छ ।

पक्राउ व्यक्तीहरु :
१. बस चालक जिल्ला दोलखा भिमेश्वर नगरपालिका वडा नं.२ बस्ने बर्ष ३७ को सलाम मोक्तान ।
२. सह चालक जिल्ला उदयपुर कटारी नगरपालिका वडा नं. ११ बस्ने बर्ष २७ को प्रबिन्द्र राना ।
३. जिल्ला नुवाकोट दुप्चेश्वर गाउँपालिका वडा नं. ७ बस्ने बर्ष ३९ को ईन्द्र बहादुर दर्जी ।
४. ऐ.ऐ. बस्ने बर्ष ३० को सन्तोष भुसाल ।
५. जिल्ला धनकुटा बेलारा नगरपालिका वडा नं. १६ बस्ने बर्ष २९ को राज कुमार हिमाङ रहेकाे जिल्ला प्रहरी कार्यलय मकानपुरले जनाएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *