प्रतिबन्धित औषधी सहित मानिस र सवारी साधन नियन्त्रण

Spread the love

विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय टाँडी चितवनबाट प्रहरी नायब उपरिक्षक. हेम बहादुर के.सी.को कमाण्डमा खटिएको प्रहरी टोलिले जिल्ला चितवन खैरहनी न.पा. २ चैनपुर स्थितमा जिल्ला चितवन खैरहनी न.पा. वडा नं. ३ बस्ने वर्ष ४८ को माधव प्रसाद सुबेदीले चलाएको बा.प्र.०६-०१ प २२०५ नं. को मो.सा.मा प्रतिबन्धित औषधी अ.२०,०००।- (बीस हजार ट्याबलेट) प्रोमेट २५ वरामद गरीएको र निज माधव प्रसाद सुबेदीलाई सोधपुछ गर्ने क्रममा ऐ. १८ः०० बजे निजले खै.न.पा. ५ स्थित गोपाल प्रसाद गजुरेलको घरमा सटर भाडामा लिई संचालन गरेको सन्तोषी माता स्वास्थ्य क्लिनिकमा समेत लुकाई छिपाई राखेको अवस्थामा अं. ७,६०,०००।- (सात लाख साठी हजार ट्याब्लेट) गरि जम्मा ७,८०,०००।– (सात लाख असी हजार ट्याब्लेट) अन्दाजी मूल्य रु. ३९,०००००।- (उनन्चालिस लाख) बराबरको प्रतिबन्धित औषधी प्रोमेट २५ सहित निज माधब प्रसाद सुवेदी र बा.प्र.०६-०१ प २२०५ नं को मोटरसाईकल सहित नियन्त्रणमा लिई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि औषधि ब्यवस्था बिभाग बिरगंज, पर्सा पठाईएको जिल्ला प्रहरी कार्यलयले जनाएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *