लागुऔषध सहित मानिस नियन्त्रणमा
इलाका प्रहरी कार्यालय भण्डारा चितवनबाट खटिएको प्रहरी टोलिले प्राप्त सूचनाको आधारमा जिल्ला चितवन राप्ती न.पा. वडा नं. ५ भण्डारा स्थितमा डेरा गरि बस्ने निम्न निम्न ब्यक्तिको साथ बाट लागुऔषध डाईजेपाम ३८ एम्पुल, फेनारागन ३२ एम्पुल र ब्युप्रिनुफिर्न ३७ एम्पुल गरि जम्मा १०७ एम्पुल फेला परेको हुँदा निम्न ब्यक्तिहरुलाई नियन्त्रणमा लिई चितवन जिल्ला अदालतबाट दिन ७ म्याद थप गरि अनुसन्धान भईरहेकाे पनि जानाकारि
नियन्त्रणमा लिएको मानिसहरु बाट थप जानाकारि आउन सक्ने जिल्ला प्रहरी कार्यलय सुचना अधिकारिकाे भनाई छ । प्रकाउ परेका मानिसकाे बिवरण समेत उपलब्ध गराउनु भयाे ।
१.जिल्ला धादिङ सिद्धलेक गा.पा. ६ घर भई हाल जिल्ला चितवन राप्ती न.पा.५ भण्डारा स्थित डेरा गरि बस्ने वर्ष २७ को सुजन बिश्वकर्मा ।
२.जिल्ला नवलपरासी (सुस्त पुर्व) प्रतापपुर गा.पा. ६ बस्ने वर्ष २६ को धर्मराज केवट ।
३.देश भारत जिल्ला महाराजगन्ज घर भई जिल्ला चितवन राप्ती न.पा. ५ भण्डारा बस्ने वर्ष ४२ को धुर्व विश्वकर्मा रहेकाे जिल्ला प्रहरी कार्यलयकाे सुचना अधिारिले बताउनु भयाे ।