गणतन्त्रकै दिन राके जुलुस गरी बिरोध

Spread the love

चितवन, जेठ १५ – माडी बिकास र समृद्दीका लागि उपयुक्त बजेट र ध्यान नपुगेको भन्दै माडी सङ्घर्श समितिले थाल्यो क्रमबद्द आन्दोलनको अभियन । गणतन्त्रकै दिन राके जुलुस गरी बिरोध जनायो माडी सङ्घर्स समितिले, यो ध्यानाकर्शणको लागि साङ्केतिक बिरोध रहेको र बजेट सम्शोधन सहित सम्सदमा पेश गरी पारित हुन नसके देश ब्यपी आन्दोलन पनि हुन सक्ने सङ्केत सङ्घर्श समितिले दिएकोछ । चितवन राष्ट्रिय निकुञ्जभित्रको सडक निर्माणको नीतिगत घोषणा र माडी क्षेत्रमा कुनै पनि ठूला योजना तथा कार्यक्रम बजेटमा नआएको भन्दै माडीवासीहरु आक्रोशित भएका छ्न ।
संघीय सरकारका अर्थमन्त्री वर्षमान पुनले संसदमा आगामी आर्थिक बर्ष २०८१/८२ को बहुप्रतीक्षित बजेटमा माडी क्षेत्र समेटिन नसकेपछि माडीवासी आक्रोशित भएका हुन ।

देशभरमा बजेट मार्फत कयौं योजना र कार्यक्रमहरु सार्वजनिक भएपनि माडी क्षेत्रले आशा र प्रतीक्षा गरेको चितवन राष्ट्रिय निकुञ्जभित्रको सडक निर्माणको नीतिगत घोषणा वा माडी क्षेत्रका कुनै ठूला योजना तथा कार्यक्रम नसमेटिए पछि प्रधानमन्त्री आफैले बोलेको कुरा पूरा नगरेको समृद्धिका लागि युवा अभियानका अगुवा रामचन्द्र लम्सालले बताउनु भयो । प्रधानमन्त्रीले नै झुठो बोल्नु भयो हामी माडीवासी दुखी छौ , अब आन्दोलनको बिकल्प छैन उहाको भनाइ छ ।

बजेट सार्वजनिक हुनुभन्दा करीब तीन साताअघि नारायणी नदीको सिग्नेचर पुल निर्माणको शिलान्यास कार्यक्रममा बोल्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निकुञ्ज सडक निर्माणलाई बजेटमै उल्लेख गरी समेट्ने बताउनुभएको थियो ।

यसैबीच आजको बजेटले माडी लाई छुन नसकेको भन्दै समृद्धिका लागि युवा अभियानको अगुवाईमा आज साझ माडीको बसन्तपुरमा मशाल जुलुस प्रदशन गरेको छ । माडीबासी लाई गुमराहामा राखेको भन्दै बसन्तपुर बजारमा मसाल जुलुस प्रर्दशन गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *