अपराधिक उपद्रव गर्ने व्यक्ती पक्राउ ।
चितवन भरतपुर महानगरपालिका वडा नं. २६ ज्योतिनगर स्थित रहेको सुर्योदय वोमी लघुबित्त संस्था लिमिटेडको कार्यालयमा माक्स लगाई मोटरसाइकलमा आएका दुई जना अपरिचित व्यक्तीले कार्यालयका कर्मचारीहरुलाई धम्की दिई पेट्रोल जस्तो पदार्थ रहेको २ वटा सिसाको बोतल प्रहार गरी कार्यालयमा आगजनि गराई भागी गएको सम्बन्धमा प्रहरी टोली खटी गई प्रारम्भिक अनुसन्धान गर्दा उक्त घटनामा संलग्न कमरेड महेश, महाविर उपनाम भएका विश्वनाथ चौधरी रहेको खुल्न आएको र निजले आपराधिक कार्य गर्दै आउने क्रममा, निज क.महेश चौधरी क.महाविर उपनाम भएका विश्वनाथ चौधरी र निजको नेतृत्वमा रहेको ५/६ जनाको समुहले नै मिति २०८१/०१/३० गते बिहान अं. ०८:१५ बजेको समयमा जिल्ला चितवन भरतपुर महानगरपालिका वडा नं. ५ कल्याणपुरमा रहेको स्मल हेवन स्कुलको बागमति प्रदेश ०६-००१ क ००४५ नं.को बिद्यार्थी बोक्ने स्कुल बसलाई भरतपुर महानगरपालिका वडा नं. २० दद्रहानी पुलमा रोकी पेट्रोल बम प्रहार गरी आगलागी गराई जलाई नष्ट गरी क्षेति पूर्याएको सम्बन्धमा क.महेश महाविर भन्ने निज विश्वनाथ चौधरी तथा निजको नेतृत्वमा रहेका आपराधिक समुहले घटाएको एकिन भएकोले सो समुहको खोजतलास गर्दै जाने क्रममा मिति २०८१/०२/११ गते दिउसो १५:०० बजेको समयमा क.महेश, महाविर भन्ने निज विश्वनाथ चौधरीलाई जिल्ला चितवन भरतपुर महानगरपालिका वडा नं. २५ स्थित शोसीबाट नियन्त्रणमा लिई सम्मानित चितवन जिल्ला अदालतबाट दिन ७ को म्याद थप गरी अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यलयले जनाएकाे छ ।