सहकारि पिडितहरूकाे व्यापक बिराेध
सहकारी पिडित महासङ्घ्को आयोजनामा भएको ब्यापक बोरोध तथा र्याली शुक्रबार चितवनको चौबिसकोठीबाट शुरु भैइ जिल्ला प्रहरी कार्यालय, जिल्ला अदालत, मालपोत कार्यालय, बाइपास सडबाट जिल्ला सहकारी कार्यालय, जिल्ला प्राशसन कार्यालय हुदै केन्द्रीय बस बसपार्कको खुला मैदानमा गैइ आमसभा गरी सम्पन्न भएको छ । आमसभामा सहकारी पिडिडितहरूले आफ्नो बचतको रकम फिर्ता हुनुपर्ने सहकारी ठगहरूलाई सजाय हुनुपर्ने पिडितहरूलाई राहातको प्याकेज सरकारले घोशणा गर्नु पर्ने चरणबद्द रुपमा रकम फिर्ताको ग्यरेन्टी गरिनु पर्ने राज्यको जुनसुकै निकायमा दर्ता भै काम गरेका सस्थाहरूको नियन्त्रण सुपरिबेक्षण लगायतका कार्य गरी देशका नागरिकहरूको जिम्मा राज्यका सरकारले लिनु पर्ने सहकारी ऐन समय सापेक्ष नागरिकको पक्षमा हुनु पर्ने जस्ता मागहरू राखेको कुरा बताएका थिए ।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले सहकारीका बचतकर्ताको रकम अपचलनको आरोप लागेका शिवशिखर सहकारीका सञ्चालक केदारनाथ शर्माविरुद्ध सम्पत्ति शुद्धीकरणको अभियोग लगाउनुपर्ने रायसहित अनुसन्धान प्रतिवेदन तयार गरेको छ ।
सम्पत्ति शुद्धीकरणको अभियोग लगाउनुपर्ने रायसहित विभागले जिल्ला सरकारी वकिलको कार्यालय, भक्तपुरमा अनुसन्धान प्रतिवेदन बुझाउँदैछ । सरकारी वकिलको कार्यालयले जिल्ला अदालत भक्तपुरमा मुद्दा दायर गर्नेछ ।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको शर्माविरुद्ध ३२ अर्ब ९० करोड बिगो मागदाबीसहित अनुसन्धान प्रतिवेदन तयार गरेको हो । सम्पत्ति शुद्धीकरणको अभियोगमा यो हालसम्मकै ठूलो बिगोसहितको मुद्दा हो ।
विभागले शर्मासहित उनकी पत्नी गीता शर्मालाई पनि मुद्दा चलाएको छ । त्यसैगरी सविना न्यौपाने, मन्दिप खवास, तेजबहादुर तामाङ, पुष्कर मल्ल, सुशिल बानियाँ र प्रदिप भट्टराईलगायत विरुद्ध पनि आरोप छ ।
शिव शिखर सहकारीका पूर्वअध्यक्ष शर्माले भारतमा पनि खोलेका थिए संस्था
उनले शिवशिखर बहुउद्देश्यीय सहकारी संस्था, भक्तपुर, तुल्सी बहुमुखी सहकारी, मोरङमा सर्वसाधारणले राखेको बचत अपचलन गरेको आरोप थियो ।
त्यो रकम शिखर अर्गनाइजेसन, गार्डेन मार्ट, शिवशिखर एग्रोलगायत १० कम्पनीको नाममा खडा गरेका थिए । ती कम्पनीको नाममा ५ अर्ब १३ करोड रुपैयाँ कृत्रिम ऋणमार्फत अपचलन गरेको विभागको आरोप छ ।
गार्डेन मार्ट तुलसी मोटर पम्प, तुल्सी अनुसन्धान केन्द्र तुल्सी राइस एन्ड चिउरा उद्योग लगायतका कम्पनीको नाममा १ अर्ब १६ करोड रुपैयाँ थप अपचलन गरेको आरोप उनीमाथि छ । उनीमाथि ७ अर्ब ५८ करोड रुपैयाँ गैरकानुनी रुपमा प्राप्त गरेको आरोप पनि छ ।
केदारनाथ र गीता शर्मामाथि तुल्सी सहकारीको १६ करोड ९७ लाख अनि शिवशिखर सहकारीमा एक अर्ब ११ करोड रुपैयाँ अपचलन गरेको आरोप छ ।
केदारनाथले ५९ वटा कम्पनीमा लगानी गरेका थिए भने पत्नी गीताले १३ वटा कम्पनीमा लगानी गरेको भेटिएको सहकारि पिडितकाे भनाई छ । याे आन्दाेलन माग पूरा नभए सम्म निरन्तर आन्दाेलन चलिरहने पिडितहरूकाे भनाई छ ।